Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

लगालग फिल्म गर्दै प्रशान्त, घाटा होला कि नाफा ?

फिल्मीखबर, काठमाण्डौ, 2018/02/28
यस वर्षको हिट फिल्म 'ऐश्वर्य' रिलिज अगाडिसम्म दर्शकमाझ परिचित अनुहार होइनन् प्रशान्त ताम्राकार । तर, यो फिल्म रिलिज लगत्तै उनको माग र चर्चा ह्वात्तै बढेको छ ।
 
लुक्स, अभिनय र डाइलग डेलिभरीका कारण फिल्ममा अभिनेता रमेश उप्रेतीलाई समेत ओझेलमा पारेका प्रशान्त नेपालका महंगा भिलेन समेत हुन् । 
 
अनुवन्धित भइसकेको फिल्म 'रानी महल' छाडे पनि उनको हातमा अहिले फिल्मको कमी छैन । केही दिन अगाडि मात्र उनले 'रणवीर' नामक फिल्म साइन गरे । यसैबीच, उनको प्रमुख भूमिका रहने फिल्म 'जय शम्भु' को आइतवार औपचारिक निर्माण घोषणा गरियो । 
 
 
यो फिल्ममा उनले ६ लाख बढी पारिश्रमिक लिएको बुझिएको छ । यो पारिश्रमिक नेपालमा चलेका अभिनेताले पनि पाउन मुश्किल छ । सेत्तै फुलेको कपाल र दाह्रीका कारण पनि फरक देखिने प्रशान्त अबको दुई वर्षका लागि प्याक भइसकेका छन् । उनी आफूलाई कथा र भूमिका दमदार लागे पारिश्रमिक नहेर्ने बताउँछन् । 
 
आइतवार 'जय शम्भु' को घोषणा सभामा पत्रकारको प्रश्नको उत्तर दिँदै उनले भने, 'पारिश्रमिक कलाकारका लागि आवश्यक पर्छ । तर, मेरो हकमा पारिश्रमिकभन्दा फिल्मको कथावस्तु र भूमिका नै महत्वपूर्ण हो । म सधै राम्रो फिल्म गर्ने सोचमा छु ।' 
 
लगालग फिल्ममा अनुवन्धित भइरहँदा यसले प्रशान्तको करिअरलाई 'ब्याक फायर' त गर्ने होइन ? कतै उनी संख्या बढाउन फिल्म त गरिरहेका छैनन् ? दर्शक र चलचित्रकर्मीको मनमा यतिबेला यो प्रश्नले डेरा जमाउन थालेको छ । 
 
लगातार फिल्म गर्दा यसले उनको करिअरलाई कति नाफा र घाटा होला त्यो भने समयक्रम सँगै पर्दाफास हुँदै जानेछ । 
Most Visited News (monthly)