Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

बैशाख २१ मा खगेन्द्रले डण्डीबियो खेल्ने !

फिल्मीखबर, काठमाण्डौ, 2018/02/27
चर्चित अभिनेता तथा लेखक खगेन्द्र लामिछाने अभिनीत नयाँ फिल्म ‘डमरुको डण्डीबियो’ को प्रदर्शन मिति तय भएको छ । अब यो फिल्म वर्ष २०७५ को बैशाख २१ गतेबाट देशभर प्रदर्शनमा आउनेछ । 
 
प्रदर्शन मितिसँगै निर्माण टिमले फिल्मको दुई नयाँ पोष्टर समेत सार्वजनिक गरेको छ । पोष्टरमा खगेन्द्रको हातमा डण्डीबियो देख्न सकिन्छ । उनले फिल्ममा एक डण्डीबियो खेलाडीको भूमिका निर्वाहा गरेका छन् । 
 
 
फिल्ममा खगेन्द्रका अलावा मेनुका प्रधान, अनुप बराल, वुद्धि तामाङ, लक्ष्मी बर्देवा, अंकित खड्का, नमिता घिसिङ लगायतका कलाकारहरुको अभिनय छ । नेपालमा लोप हुँदै गएको डण्डीबियोको कथालाई फिल्ममा उतारिएको छ । 
 
समृद्धि इन्टरटेन्मेन्टको ब्यानरमा विनोद गुरुङ र नोर्बु छिरिङ घलेको लगानीमा निर्माण भएको यो फिल्मको ७५ प्रतिशत छायांकन लमजुङको घले गाउँमा भएको हो । 
 
छेतेन गुरुङको निर्देशन रहेको ‘डमरुको डण्डीबियो’ को कथा कलाकार खगेन्द्र आफैंले लेखेका हुन् । प्रितम पाण्डेको सम्पादन, कालीप्रसाद बाँस्कोटाको संगीत, रिकेश गुरुङ, विद्या तिवारी र कालीको गायन रहेको फिल्मलाई हरी हुमागाइँले खिचेका हुन् । 
Most Visited News (monthly)