Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अनाथसँग अभिनेत्री खुश्वुको जन्मदिन

फिल्मीखबर, काठमाण्डौ, 2018/02/27
अभिनेत्री खुश्वु खड्काले आफ्नो जन्मदिन अनाथ बालबालिकाहरुसँग सेलिव्रेट गरेकी छिन् । राजधानीको धापासीमा रहेको 'हाम्रो बाल संरक्षण धरोहर नेपाल' मा पुगेर उनले अनाथ बालबालिकाहरुलाई भोजन गराइन् । 
 
जन्मदिनको अवसरमा साथीभाईसँग रमाइलो, पार्टी भन्दा पनि संस्थाका बालबालिकासँग जन्मदिन मनाउँदा आफूले छुट्टै आनन्द महशुस गरेको उनले बताइन् ।
 
दर्जन बढी फिल्ममा अभिनय गरेर पनि खासै ठूलो उपलब्धी हासिल गर्न नसकेकी खुश्वुले 'उहीले बाजेको पालामा', 'दीपज्योती', 'भ्रम' लगायतका फिल्ममा अभिनय गरेकी छिन् । 
 
 
नयाँ फिल्म 'जुनी' को प्रदर्शन मिति कुरेर बसिरहेकी उनी आगामी दिनमा संख्या बढाउन नभएर गुणस्तरिय फिल्म गर्ने सोचमा रहेको बताउँछिन् ।
 
जन्मदिनको अवसरमा फिल्मीखबरसँग कुराकानी गर्दै उनले भनिन्, 'केही फिल्म हातमा आएर पनि गरेकी छैनँ । अब राम्रो ब्यानर र कथावस्तु हेरेर मात्र फिल्म गर्छु ।'
 
२५ वर्षमा प्रवेश गरेकी अभिनेत्री खड्काले विवाहको विषयमा पनि आफ्नो विचार राखिन् । उनी अगाडि भन्छिन्, 'अहिले बिहेको लागि केही सोचेकी छैनँ । दुलही हुने दिन पनि आउला नी ?' 
Most Visited News (monthly)