Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 3.00/5.00)
Text size:-
+
-

सलोन र साराको ‘सुश्री सम्पत्ति’ फ्लोरमा

फिल्मीखबर, पोखरा, 2018/02/27
सञ्चारकर्मी तथा निर्देशक सुब्रत आचार्यले निर्देशन गर्ने नयाँ फिल्म ‘सुश्री सम्पत्ति’ को छायांकन सुरु भएको छ । मगंलबार बिहान पोखराको विन्ध्यवासिनी मन्दिरमा एक कार्यक्रमका बीच फिल्मको शुभमुहूर्त गरियो ।
 
कमेडी जनरामा निर्माण हुने फिल्मको सम्पूर्ण छायांकन पोखरामा हुने निर्देशक आचार्यले बताए । फिल्ममा समावेश एउटा गीत भने काठमाडौंमा खिचिने छ । ‘रुद्र गर्ल’ सारा सिपालीसँग अभिनेता सलोन बस्नेतले फिल्ममा रोमान्स गर्नेछन् ।
 
 
वर्ष २०७५ को तीजको छेकोमा प्रदर्शन हुने ‘सुश्री सम्पत्ति’ मा नायिका प्रियंका कार्की गेस्ट रोलमा देखिँदै छिन् । विनोद न्यौपाने, प्रमोद अग्रहरी, राजाराम पौडेल, विशारद बस्नेत, सुनिता श्रेष्ठ ठकुरी लगायतका कलाकारहरुको पनि फिल्ममा अभिनय रहने छ ।
 
रमेश त्वायना प्रस्तुतकर्ता रहेको ‘सुश्री सम्पत्ति’ को कथा निर्देशक सुब्रत आफैंले लेखेका हुन् । फिल्मको निर्मातामा विज्ञान राई, नुनम सुब्बा र रमन सिलाकार रहेका छन् । अभिमन्यू निरवी र निर्देशक आचार्यको डाइलग रहेको फिल्मको स्क्रिन प्ले अभिमन्यूकै हो । 
 
सुरेश अधिकारीको सोलो शब्द र संगीत रहेको फिल्ममा कविराज गहतराजको कोरियोग्राफी, भरत रेग्मीको सम्पादन र अर्जुन तिवारीको छायांकन रहने छ । सुख-सुविधामा हुर्किएकी एक युवतीको कथा फिल्मले बोल्छ  ।
Most Visited News (monthly)