Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

पारिवारिक फिल्म ‘मंगलम’ : छविराज ओझा

फिल्मीखबर, काठमाण्डौ, 2018/02/27
पारिवारिक फिल्म निर्माण गर्न खप्पिस निर्माता छविराज ओझा निर्मित नयाँ फिल्म ‘मंगलम’ यही फागुन २५ गतेबाट देशैभर प्रदर्शनमा आउँदैछ । यतिबेला निर्माता ओझासहित निर्देशक नवल नेपाल, अभिनेत्री शिल्पा पोख्रेल, अभिनेता पुष्प खड्का मोफसल यात्रामा निस्केका छन् । 
 
मंगलवार चितवन पुगेका छविराजले ‘मंगलम’ पारिवारिक प्रेम कथामा आधारित रहेको बताए । उनले भने, ‘मैले आजसम्म २२ वटा फिल्म निर्माण गरिसकेँ । २३ औँ फिल्म ‘मंगलम’ गर्दा भने मैले आफूलाई चुनौती महशुस गरेको छु । २२ वटा फिल्म लगभग एक्सन प्रधान थिए । तर, ‘मंगलम’ विशुद्ध पारिवारिक फिल्म बनेको छ ।’ 
 
 
निर्देशक नवल नेपालले आफूले इमान्दारपूर्वक काम गरेको बताए । उनी भन्छन्, ‘फिल्म भयंकर छ त भन्दिनँ तर राम्रो भने अवश्य बनेको छ ।’ यस्तै, ‘मंगलम’ का दुई प्रमुख कलाकार शिल्पा पोखरेल र पुष्प खड्काले फिल्मबाट निकै आशावादी रहेको बताए । 
 
यो फिल्ममा शिल्पा र पुष्पसँगै नायक पृथ्वीराज प्रसाईँ, नीर शाह, मिथिला शर्मा मुख्य भूमिकामा छन् भने, नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह केमियो भूमिकामा छिन् ।
 
‘मंगलम’ मा विष्णु घिमिरेको छायांकन, दिपक शर्माको संगीत, गोविन्द फुँयालको कथा रहेको छ । फिल्मको निर्मातामा दिजेन्द्र शाक्य, साकार ओझा र ओम गुरुङ रहेका छन् ।
Most Visited News (monthly)