Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(3 votes, avg 4.00/5.00)
Text size:-
+
-

‘ह्याप्पी बर्थडे’ प्रियंका !

फिल्मीखबर, काठमाण्डौ, 2018/02/27
अभिनेत्री प्रियंका कार्कीको आज जन्मदिन परेको छ । २७ फेब्रुअरी १९८७ मा काठमाडौंको लाजिम्पाटमा जन्मेकी प्रियंका अहिलेकी सबैभन्दा व्यस्त नायिका हुन् । लगातार फिल्महरु फ्लप हुँदै गए पनि उनको व्यस्ततामा त्यसले कुनै असर गरेको छैन ।
 
अचेल नायक आयुष्मान देशराज जोशीको प्रेममा रहेकी प्रियंका अभिनीत पछिल्लो फिल्म 'बटरफ्लाई' हो । उनले अभिनय गरेका फिल्महरु प्रायः फ्लप लिस्टको सूचीमा सुचिकृत छन् ।
 
‘छक्का पञ्जा, ‘मिस्टर झोले’, ‘छक्का पञ्जा २’, ‘नाई नभन्नु ल-२’ फिल्म भने उनका हिट छन् । सन् २००५ मा ‘मिस टिन’ को उपाधि जितेपछि अभिनय यात्रामा अगाडि बढ्न उनलाई बाटो खुलेको थियो । 
 
 
टेलिभिजन कार्यक्रम ‘घरभेटी बा’ बाट अभिनय करिअर सुरु गरेकी प्रियंका त्यसपछि म्युजिक भिडियोमा खुब व्यस्त हुन थालिन् । अहिले पनि उनी समय मिलेसम्म म्यूजिक भिडियो पनि गरिरहेकी छिन् ।
 
उनी अभिनीत नयाँ फिल्म 'ह्याप्पी डेज' चैत २ गते प्रदर्शनमा आउँदैछ । जीवन्त अभिनय गर्न खप्पिस प्रियंकाको ‘थ्री लभर्स’, ‘सुन्तली’, ‘आवरण’ जस्ता केही फिल्मबाट कामको ब्यापक तारिफ भएको थियो ।
 
महंगो पारिश्रमिक लिने नेपाली नायिकाहरुको 'टप ५' लिस्ट भित्र पर्ने उनको रोचक मैनालीसँग विवाह भएको थियो । तर, यो सम्बन्ध लामो समय टिक्न सकेन । अर्को वर्षभित्रमा आयुष्मानसँग उनको लगनगाँठो कसिन सक्ने गाइँगुइँ चर्चा छ । 
 
अभिनेत्री प्रियंका कार्कीलाई जन्मदिनको अवसरमा ‘फिल्मीखबर डटकम’ को तर्फबाट हार्दिक शुभकामना । 
Most Visited News (monthly)