Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

बन्ने भयो ‘द प्रिन्स’

फिल्मीखबर, काठमाण्डौ, 2018/02/26
पुराना निर्देशक मदन घिमिरेको निर्देशनमा नयाँ फिल्म ‘द प्रिन्स’ निर्माण हुने भएको छ । सोमवार राजधानीमा एक कार्यक्रमका बीच कलाकार र निर्माण टिमको उपस्थितिमा फिल्मको औपचारिक निर्माण घोषणा गरियो । एन.पी. फिल्मस् प्रोडक्शनको ब्यानरमा निर्माण हुने फिल्मका निर्माता विष्णु सिवाकोटी हुन् । 
 
 
नयाँ कलाकारहरुको बाहुल्यता रहने फिल्मको कथा संगीतकार सम्राट थापाले लेखेका छन् । सरोज खनालको प्रमुख भूमिका रहने फिल्ममा प्रिन्स थापा, शिवु शाह, कशिश दाहाल, मनिषा पाण्डे, निशा केसी लगायतको पनि अभिनय रहनेछ । 
 
आधुनिक परिवेश, प्रेम, रोमान्स, मनोरञ्जनका साथै घात, विश्वास, त्याग र रहस्यको सेरोफेरोमा ‘द प्रिन्स’ निर्माण हुने निर्देशक घिमिरेले जानकारी दिए । उनले भने, ‘आत्मबलमा ठूलो शक्ति हुन्छ र निर्णय क्षमताले लक्ष्यसम्म पुग्न सहयोग गर्छ भन्ने सन्देश फिल्मले दिनेछ ।’ 
 
रामशरण उप्रेतीको छायांकन रहने ‘द प्रिन्स’ मा कविराज गहतराजको नृत्य निर्देशन, सम्राट बस्नेतको द्वन्द्व र भोजराज देवकोटाको पटकथा रहनेछ । 
Most Visited News (monthly)