Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(5 votes, avg 4.20/5.00)
Text size:-
+
-

शुशील भन्छन्, ‘क्यारेक्टरलाई न्याय गर्न गाँजा खाएँ’

फिल्मीखबर, काठमाण्डौ, 2018/02/26
फागुन २५ गतेबाट देशैभर प्रदर्शनमा आउन लागेको युवा लक्षित फिल्म ‘गाँजा बाजा’ लामो समय नामका कारण नै विवादमा पर्‍यो । अन्ततः नाममा रहेको चन्द्र विन्दु हटाएर अब यो फिल्म प्रदर्शनमा आउँदैछ । ट्रेलरमा पात्रले बोलेका संवादका कारण यो फिल्म सेन्सर पास हुन्छ वा हुँदैन भन्नेमा फेरि अर्को प्रश्न उब्जिएको छ । 
 
तर, निर्माण टिम भने निर्धक्क फिल्मको प्रचार-प्रसारमा दौडिरहेको छ । ‘गाँजा बाजा’ का निर्देशक गणेशदेव पाण्डेले गाँजाको प्रचार गर्न फिल्म नबनाएको बताए । उनले भने, ‘हामी गाँजालाई प्रमोट गर्न र खानु हुँदैन भन्न आएका होइनौं । फिल्ममा मात्र गाँजा खाने पात्रको कथा छ ।’ 
 
 
यस्तै, कलाकार शुशील सिटौलाले हरेक फिल्ममा आफूले शतप्रतिशत राम्रो काम दिने कोशिश गर्ने बताए । उनले भने, ‘गाँजा बाजा’ मा गोरे क्यारेक्टरलाई न्याय गर्न मैले रियलमै गाँजाको अनुभव लिएको थिएँ । त्यसको साइकोलोजी बुझ्नका लागि मैले गाँजा खाएको हुँ । गाँजा खाएका व्यक्ति नराम्रा हुन्नन् भन्ने त्यसपछि थाहा पाएँ ।’ 
 
निर्देशक पाण्डेको लेखन रहको यो फिल्ममा अनुपम शर्मा, रविन थापा, उद्दव भट्टराई, अम्बर सुवेदी, वर्षा सिवाकोटी, रक्षा श्रेष्ठ, जीवन भट्टराई, गोपाल अर्याल, कुविर सुब्बा लगायतका कलाकारको पनि अभिनय छ । 
 
यो फिल्म याकोपो रास्लिकले खिचेका हुन् । दिपेन्द्र रेग्मी र गोमा विष्ट थापा निर्माता रहेको फिल्म लोकेश बज्राचार्यको सम्पादन छ । 
 
बाबा सिनेमा निर्माण कम्पनिको सहयोगमा डीआर फिल्मस र टुका इन्टरटेनमेन्टको व्यानरमा ‘गाँजा बाजा’ निर्माण भएको हो ।