Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘ब्ल्याक’ पोष्टरमा आँचल र आकाशको रोमान्टिक अवतार

फिल्मीखबर, काठमाण्डौ, 2018/02/26
अभिनेता पल शाहसँग मात्र स्क्रिन शेयर गर्ने नायिकाको 'ट्याग' पाएकी अभिनेत्री आँचल शर्मा अभिनीत नयाँ फिल्म ‘ब्ल्याक’ को फस्टलुक पोष्टर सार्वजनिक भएको छ । यो फिल्ममा आँचलकोे जोडीको रुपमा पल छैनन् । नायक आकाश श्रेष्ठ प्रमुख भूमिकामा छन् । 
 
पोष्टरमा आँचल र आकाश प्रेमभावमा देखिन्छन् । पोष्टर सार्वजनिक सँगै निर्माण ब्यानर आश्मा फिल्मस् प्रालीले आगामी जेठ ११ लाई फिल्मको आधिकारिक प्रदर्शन मिति समेत तय गरेको छ । आश्मा पाण्डेको निर्माणमा बनेको यो फिल्मलाई प्रदिप श्रेष्ठले निर्देशन गरेका हुन् । 
 
 
‘पछिल्लो समय नेपाली फिल्मप्रति आकर्षित भइरहेको र निरन्तर हेरिरहेका दर्शकको मनोभावना बुझ्नेगरी फिल्म तयार गरेका छौँ, निर्देशक श्रेष्ठले भने, ‘हाम्रो फिल्मले आजसम्म हलमा नपुगेका नयाँ दर्शकलाई समेत आकर्षण गर्नेछ ।’
 
एक्सन लभस्टोरी जनराको फिल्म मौनता श्रेष्ठको लेखनमा तयार भएको हो । ‘ब्ल्याक’ मा महेश खड्का र प्रतिक पौडेलको संगीत छ भने द्वन्द्व निर्देशनको काम चन्द्र पन्तले गरेका छन् । 
 
रामजी लामिछानेको कोरियोग्राफी समावेश हुँदा सम्पादन अर्जुन जिसीको छ । चेतनकुमार पाण्डे फिल्मका कार्यकारी निर्माता हुन् ।
Most Visited News (monthly)