वर्ष २०७५ बैशाख २८ गतेबाट देशैभर प्रदर्शनमा आउन लागेको फिल्म ‘लम्फू’ को ‘सँगै जिउने सँगै मर्ने’ को भिडियो रिलिज भएको छ । यो गीतको अडियोलाई यसअघि नै युट्युबमा निकै रुचाइएको थियो ।
गीतको भिडियोमा फिल्ममा मुख्य कलाकारहरु कबिर खड्का र मरिष्का पोखरेलको साथमा तरकारीवालीको नामले चर्चित कुशुम श्रेष्ठ फिचर्ड छिन् । त्यस्तै, अन्य कलाकारहरु चाँदनी शर्मा र सञ्जित भण्डारी पनि यो गीतको भिडियोमा रहेका छन् ।

प्रेमभाव बोल्ने गीतको भिडियोका कोरियोग्राफर रामजी लामिछाने हुन् । अर्जुन पोखरेलको संगीत रहेको गीतमा शुरेष लामा र अप्सरा घिमिरेको स्वर रहेको छ । फिल्मका सबै गीतमा पोखरेलको नै संगीत रहेको छ ।
गोपालचन्द्र लामिछाने निर्देशित फिल्ममा सलोन बस्नेतको पनि प्रमुख भूमिका रहेको छ । फिल्ममा कुशाग्र भट्टराई (बालकलाकार), आयन खड्का, ओम गुरुङ्ग, अजित लामिछाने, सन्तोष कार्की, कुशल गुरुङ, काजोल, रश्मी भट्ट, जानुका पौडेल, पुष्प आचार्य, झलक कार्की लगायतको अभिनय रहेको छ ।
फिल्मले एक युवाको जीवनमा आईपर्ने अकल्पनिय घटनाहरु प्रस्तुत गर्छ । यो फिल्म समय र परिस्थितिले मानिसलाई नायक र खलनायक दुबै बनाउँछ भन्ने कथामा बनेको निर्देशक लामिछानेले बताए ।
‘लम्फू’ लाई पपुलर मल्टिमिडियाको लागि शक्तिबल्दब घोरासैनीले बनाएका हुन् । फिल्ममा भूपतिको लेखन रहेको छ । दिपक बज्राचार्यको छायांकन रहेको ‘लम्फू’ मा सम्पादन हरि सिलवालको रहेको छ ।
भिडियो :-

