Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

यस्तो छ श्रीदेवीको अन्तिम ३० मिनेटको कहानी

फिल्मीखबर, काठमाण्डौ, 2018/02/26
बलिउड अभिनेत्री श्रीदेवी अब हामीमाझ रहिनन् । उनको निधनको खबरले यतिबेला भारत स्तब्ध भएको छ । जो-कोहीँ उनको एक झलक हेर्नका लागि व्यग्र प्रतिक्षामा छन् । श्रीदेवीको निधन दुबईमा भएको थियो । यस्तैमा उनको निधनलाई लिएर निकै ठूलो खुलासा भएको छ । 
 
 
यूएईको पत्रिका 'खलीज टाइम्स' ले श्रीदेवीको अन्तिम ३० मिनेटकोे कहानी छापेको छ । पत्रिकाले लेखेको छ, 'निधनभन्दा अगाडि श्रीदेवी पति बोनी कपूरसँग डिनरका लागि जान तयारी गर्दै थिइन् ।' 
 
यो रिपोर्टमा पत्रिकाले दाबी गरेको छ कि श्रीदेवीलाई बाथटबमा लडेको अवस्थामा भेटिएको थियो । पत्रिकाले अगाडि लेखेको छ, ‘शनिवार राती बोनी कपूर मुम्बईबाट फर्किएर जुमेरा एमिरेट्स टावर्स होटल पुगे, उनी श्रीमती श्रीदेवीलाई सरप्राइज डिनरमा लैजान चाहन्थे । बोनी कपूरले होटलको कोठामा श्रीदेवीलाई उठाएर करीब १५ मिनेट कुराकानी गरे । बोनीले आफ्नी पत्नीलाई डिनरका लागि निमन्त्रणा दिए । श्रीदेवी तयार हुनका लागि बाथरुम गइन् ।’
 
‘१५ मिनेटसम्म जब उनी बाहिर आइनन् तब बोनी बाथरुमको ढोका ढकढकाउन थाले । तर, श्रीदेवीले ढोका खोलिनन् । बोनी निकै डराए । त्यसपछि उनले बेस्सरी धक्का लिएर ढोका खोले तब श्रीदेवी भित्र बाथटबमा लडेकी थिइन् ।’ पत्रिकाले लेखेको छ । 
 
 
यसपछि बोनी कपूरले श्रीदेवीलाई होशमा ल्याउने धेरै कोशिश गरे तर उनी उठिनन् । त्यसपछि बोनीले आफ्नो साथीलाई फोन गरे । यो खबरको जानकारी पुलिसलाई पनि दिइयो । पुलिस तत्काल त्यहाँ पुग्यो तबसम्म श्रीदेवीले संसार छाडिसकेकी थिइन् । 
 
श्रीदेवीको पार्थिव शरीर सोमवार दिउँसो २ बजे मुम्बईमा ल्याइँदैछ । खलीज टाइम्सका अनुसार, अहिले श्रीदेवीका परिवार पोस्टमार्टम पूरा भएपछि 'जनरल डिपार्टमेन्ट अफ फरेन्सिक एभिडेन्स' को तर्फबाट गरिएको 'लेबोरेटरी' रिपोर्टको प्रतिक्षा गरिरहेका छन् ।  
Most Visited News (monthly)