मिति : २०८१ वैशाख १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘बागी २’ का कारण दुई साता अघि नै ‘ह्याप्पी डेज’

फिल्मीखबर, काठमाण्डौ, 2018/02/25
बलिउड फिल्म ‘पद्मावत’ का कारण माघ १२ गतेबाट रिलिज डेट पोस्टपोन्ड भएको अभिनेता दयाहाङ राई र अभिनेत्री प्रियंका कार्की स्टारर फिल्म ‘ह्याप्पी डेज’ को प्रदर्शन मिति फेरि फेरबदल भएको छ । 
 
माघ १२ गतेबाट चैत १६ गतेलाई प्रदर्शन मिति तय गरिएको यो फिल्म अब दुई साता अगाडि अर्थात्, चैत २ गते नै प्रदर्शनमा आउने भएको छ ।
 
प्राप्त जानकारी अनुसार, चैत १६ गते बलिउड स्टार टाइगर श्राफ अभिनीत फिल्म ‘बागी २’ रिलिज हुने भएपछि ‘ह्याप्पी डेज’ को रिलिज अगाडि सरेको हो । 
 
 
नयाँ प्रदर्शन मिति घोषणा सँगै निर्माण पक्षले कभर भिडियो प्रतियोगिता पनि आब्हान गरेको छ । जसमा सहभागी हुन इच्छुकले फिल्ममा समावेश ‘चेप्टे चेप्टे’ गीतमा कभर भिडियो बनाउनु पर्ने छ । कभर भिडियो जुनसुकै युट्युब च्यानलबाट अपलोड गरिए पनि त्यसको लिंक ‘हयाप्पी डेज’ को अफिसियल फेसबुक पेजमा पढाउनु पर्ने छ ।
 
युट्युबमा सर्वाधिक भ्युज पाउने भिडियोलाई निर्माण पक्षले जिेता घोषणा गरि १ लाख नगद पुरस्कार प्रदान गर्ने छ । कभर भिडियो प्रतियोगिताको अन्तिम समय फागुन मसान्तसम्म छ । 
 
सञ्जय गुप्ता, दीया पुन, विक्की जोशी, शिशिर राणा, रुपा पुन, रिकेश चाम्स, जेन बकल लगायतका कलाकारहरुको पनि अभिनय रहेको फिल्मलाई रामकुमार केसीले खिचेका हुन् ।
 
मिलन चाम्स निर्देशित रोमान्टिक ड्रामा मिश्रित ‘ह्याप्पी डेज’ लाई लन्डन सिने आइ र चाम्स इन्टरटेनमेन्टको ब्यानरमा निर्माण गरिएको हो । पैसा कमाउन बेलायत पुगेको एक नेपाली युवकको बैधानिक बसोबासका लागि गर्ने संघर्षको कथा फिल्मले बोल्छ । 
 
वीपि खनाल, भवानी शर्मा, हिराल जोशी र मिलन चाम्स निर्माता रहेको यो फिल्मको छायांकन बेलायतका अलावा नेपाल, वेल्स, इङ्ल्याड, स्कटल्यान्ड लगायतका देशहरुमा गरिएको छ । 
 
 ‘चेप्टे चेप्टे’ गीत :-