मिति : २०८१ वैशाख ७, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

यस्तो बन्यो ‘मिस्टर भर्जिन’ को ‘टुल्की’ भिडियो

फिल्मीखबर, काठमाण्डौ, 2018/02/25
प्रदर्शन मिति घोषणा नभइसकेको फिल्म ‘मिस्टर भर्जिन’ को ‘टुल्की’ बोलको  गीत सार्वजनिक भएको छ । केही दिन अगाडि सार्वजनिक गरिएकोे अडियो गीतबाट राम्रो प्रतिक्रिया आएपछि निर्माण युनिटले आइतवार राजधानीमा एक कार्यक्रमका बीच उक्त गीतको भिडियो सार्वजनिक गरेको हो । 
 
गीतमा सुरज पण्डितको स्वर, शब्द र संगीत रहेको छ । ‘टुल्की’ लाई नेपालको सुदूरपश्चिम तथा मध्यपश्चिम क्षेत्रमा गाइने देउडा फ्लेवरमा तयार पारिएको छ । 
 
 
भिडियोमा गौरव पहारी, स्मृती पोखरेल, श्रद्धा प्रसाईँ, विजय बराल, कमलमणी नेपाललगायतका कलाकारहरु फिचरिङ छन् । १ करोड लागतमा निर्माण भएको यो फिल्मले तीन युवाको यौन मनोविज्ञानको कथा बोल्छ । 
 
फिल्ममा मरिष्का पोखरेल, भोलाराज सापकोटा, रविन्द्र झा, सागर ढकाल, सिर्जना सुब्बा लगायतका कलाकारको पनि अभिनय छ । 
 
‘मिस्टर भर्जिन’ मा महेश दवाडीको कथा, रामेश्वर कार्कीको छायांकन, विक्रम स्वाँर र दीपकमान सिंहको कोरियोग्राफी र सुरज पण्डित, श्रीकृष्ण बम मल्ल, बुलेट फ्लो, आधा सुर, आर जे, मिस्टर प्रिन्सको संगीत छ । 
 
फिल्मलाई वल्र्ड वाइड फिल्म्स डिस्ट्रिव्यूसन प्रा.ली. ले निर्माण गरेको हो । फिल्ममा खिलेन्द्र तिमल्सिना, प्रजापती सिवाकोटी, मुकेश रेग्मी र बिशारद बस्नेतको लगानी रहेको छ भने सह-निर्मातामा सन्दिप उप्रेती रहेका छन् । 
 
भिडियो  :-