मिति : २०८१ वैशाख ८, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

बलिउड अभिनेत्री श्रीदेवीको निधन

एजेन्सी, मुम्बई, 2018/02/25
बलिउडकी चर्चित अभिनेत्री श्रीदेवीको निधन भएको छ । उनी ५४ वर्षकी थिइन् । दुबईमा एउटा वैवाहिक समारोहमा सहभागी भएका बखत उनलाई हृदयघात भएको ठानिएको छ । 
 
उनको निधनप्रति चलचित्रकर्मी र शुभचिन्तकले शोक व्यक्त गरेका छन् । श्रीदेवीसँग उनका पति बोनी कपूर र छोरी खुशी पनि दुबईमा सँगै थिए ।  
 
श्रीदेवीले 'मिस्टर इण्डिया', 'चाँदनी', 'चालबाज' र 'सदमा' जस्ता व्यावसायिक रूपमा निकै सफल फिल्ममा अभिनय गरेकी थिइन् ।    
 
 
उनको जन्म सन् १९६३ को अगष्ट १३ मा भारतको तमिलनाडुमा भएको थियो । बालकलाकारको रूपमा उनले चार वर्षको उमेरमा एउटा तमिल फिल्मबाट काम शुरू गरेकी थिइन् ।   
 
दक्षिण भारतीय फिल्महरूमा काम गरेपछि श्रीदेवीले सन् १९७९ मा मुख्य कलाकारका रूपमा बलिउड फिल्म 'सोलहवा साल' बाट अभिनय शुरू गरिन् ।  
 
सन् १९८० को दशकलाई अभिनेत्रीहरूको दृष्टिकोणले बलिउडलाई श्रीदेवीको दशकको रूपमा व्याख्या गर्ने गरिन्थ्यो ।  
 
उनले 'हिम्मतवाला', 'तोहफा', 'नगीना', 'औलाद', 'हीर रांझा', 'रूप की रानी चोरों का राजा', 'लाडला', 'जुदाई' जस्ता यादगार फिल्ममा अभिनय गरेकी छिन् ।