मिति : २०८१ वैशाख ७, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

शिल्पा र पुष्पलाई लिएर छवि देश दौडाहामा

फिल्मीखबर, काठमाण्डौ, 2018/02/24
गएको वर्ष 'किस्मत २' लिएर आएकी अभिनेत्री शिल्पा पोख्रेलको रिलिजको दिन कुरेर बसेको नयाँ फिल्म हो 'मंगलम' । निर्माता छविराज ओझाको ब्यानरमा भित्रिएपछि सफलताको मात्र छडी समातेर अगाडि बढिरहेकी शिल्पाले यो फिल्मबाट पनि ठूलो आश बोकेकी छिन् । 
 
चर्चामा रहेको 'पर्ख पर्ख मायालु' बोलको गीतका कारण पनि 'मंगलम' बक्स अफिसमा हिट हुने धेरैको अनुमान छ । यस्तैमा प्रचार-प्रसारलाई आक्रामक बनाउन फिल्मको टिम मोफसल यात्रामा निस्केको छ । 
 
 
निर्माता छविराज ओझा, निर्देशक नवल नेपाल, अभिनेत्री शिल्पा पोख्रेल, नायक पुष्प खड्का लगायतको युनिटले पूर्वको धरानबाट प्रचारलाई तिब्रता दिएको हो ।
 
फिल्म युनिट धरानबाट इटहरी, दमक, बिर्तामोड, चितवन, हेटौँडा हुँदै पोखरा पुग्ने छ । नवल नेपाल निर्देशित फिल्मले पारिवारिक प्रेम कथालाई बोलेको छ ।
 
फागुन २५ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको यो फिल्ममा शिल्पा, पुष्पसँगै नायक पृथ्वीराज प्रसाईँ, नीर शाह, मिथिला शर्मा मुख्य भूमिकामा छन् भने, नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह केमियो भूमिकामा छिन् ।
 
‘मंगलम’ मा विष्णु घिमिरेको छायांकन, दिपक शर्माको संगीत, गोविन्द फुँयालको कथा रहेको छ । फिल्मको निर्मातामा दिजेन्द्र शाक्य, साकार ओझा र ओम गुरुङ रहेका छन् ।