मिति : २०८१ वैशाख ८, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सपनाको घर बसाउँदै श्वेता र प्रज्जवल (भिडियो)

फिल्मीखबर, काठमाण्डौ, 2018/02/24
अभिनेत्री तथा निर्मात्री श्वेता खड्का (कान्छी) र अभिनेता दयाहाङ राई (हिरा) स्टारर फिल्म ‘कान्छी’ यसै हप्ताको शुक्रवारबाट दोस्रो सातामा प्रदर्शन भइरहेको छ । कलेक्सन रिपोर्ट सार्वजनिक नभएपनि फिल्मले दर्शकको राम्रो साथ पाइरहेको निर्माण पक्षको भनाई छ ।
 
यतिबेला दर्शकसँग खुसी साट्न भन्दै श्वेता मोफसल यात्रामा छिन् । यसैबीच, फिल्मको चौथो गीत सार्वजनिक भएको छ ।
 
रिलिज अगाडिसम्म लुकाइएको अभिनेत्री श्वेता र अभिनेता प्रज्जवल सुजल गिरीको रोमान्सयूक्त गीत शुक्रवार साँझ निर्माण टीमले युट्युबमार्फत सार्वजनिक गरेको हो । 'एक पल' बोलको गीतमा श्वेता र प्रज्जवल एकअर्कासँग जीवनको एक पल माग्दै सपनाको घर बसाउने कुरा गर्दैछन् । 
 
 
निर्देशक आकाश अधिकारीको शब्द रहेको गीतमा शम्भूजित बाँस्कोटाको संगीत छ । स्वर अञ्जु पन्त र युवराज चौंलागाईंको छ । गीतका कोरियोग्राफर बसन्त श्रेष्ठ हुन् । 
 
ग्रामीण भेगकी कान्छीको कथा बोल्ने फिल्ममा पुरुषोत्तम प्रधानको छायांकन छ । शैलेश खड्का निर्माता रहेको फिल्ममा रविन खड्का सह-निर्माताको रुपमा रहेका छन् । 
 
याम थापाको स्क्रिप्ट रहेको ‘कान्छी’ मा नीर शाह, अनु शाह, कामेश्वर चौरसिया, आशान्त शर्मालगायत कलाकारहरुको पनि अभिनय रहेको छ । 
 
भिडियो :-
 
 
फिल्ममा राजनराज सिवाकोटी, अर्जुन पोखरेल र शम्भूजित बाँस्कोटाको संगीत रहेको फिल्मका सबै गीतमा वरिष्ठ नृत्य निर्देशक बसन्त श्रेष्ठले कोरियोग्राफी गरेका छन् ।