मिति : २०८१ वैशाख ७, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

५ सय करोडमा ‘रामायण’ बन्ने

एजेन्सी, मुम्बई, 2018/02/24
भारतको सबैभन्दा ठूलो धार्मिक ग्रन्थ तथा पौराणिक कथा ‘रामायण’ मा आधारित भएर व्यवसायिक फिल्म निर्माण हुने भएको छ । यो फिल्म निर्माण गर्नका लागि निर्माताले यूपी सरकारसँग मेमोरेन्डम अफ अन्डरस्टैन्डिङ पत्रमा हस्ताक्षर गरेका छन्।
 
यो फिल्म '3डी' मा बनाइने छ । फिल्मलाई अल्लू अरविन्द, नामित मल्होत्रा र मधु मन्तेनाले निर्माण गर्नेछन् । खबरका अनुसार, यो फिल्म ३ सिरिज र तीन अलग-अलग भाषा (तमिल, तेलुगु र हिन्दी) मा बनाइने छ ।  
 
 
फिल्मका निर्माता मधु मन्तेनाले भने, '५ सय करोडमा फिल्म निर्माण हुनेछ । भारतको सबैभन्दा महंगो फिल्म बनाउने हाम्रो सोच हो । नयाँ टेक्नोललोजी र भिएफएक्ससँगै हामी यो पौराणिक कथालाई एकपटक फेरि नयाँ पिढीका दर्शकमाझ ल्याउन चाहन्छौं ।' 
 
‘रामायण’ का लागि अब कलाकार र निर्देशक छनौट गर्ने तयारीमा निर्माण टिम जुटेको छ । भारतीय मिडियाका अनुसार, यसै वर्षबाट फिल्मको छायांकन सुरु हुनेछ । फिल्ममा तेलुगु सुपरस्टार अल्लू अर्जुन र रामचरण लिड रोलमा हुने खबर छ ।