Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘गाँजा बाजा’ गीत : कुलतमा फसेका युवाको ‘रिगीपिटी’

फिल्मीखबर, काठमाण्डौ, 2018/02/23
कानुनी झमेलामा परेको फिल्म ‘गाँजा बाजा’ को गीत सार्वजनिक भएको छ । ‘रिगीपिटी...’ बोलको गीत निकै रमाइलो बनेको छ ।
 
निख एण्ड जटाको संगीत, निर्मल गर्तौलाको शब्द र जटावेडा बनेर्जीको स्वर रहेको गीतमा फिल्मका लिड कलाकार द्वय अनुपम शर्मा र शुशील सिटौलालाई तनावमा देख्न सकिन्छ । 
 
 
गणेशदेव पाण्डेको लेखन तथा निर्देशन रहेको यो फिल्ममा रविन थापा, उद्दव भट्टराई, अम्बर सुवेदी, वर्षा सिवाकोटी, रक्षा श्रेष्ठ, जीवन भट्टराई, गोपाल अर्याल, कुविर सुब्बा लगायतका कलाकारको पनि अभिनय छ । 
 
फागुन २५ गतेलाई प्रदर्शन मिति तय गरिएको यो फिल्म याकोपो रास्लिकले खिचेका हुन् । दिपेन्द्र रेग्मी र गोमा विष्ट थापा निर्माता रहेको फिल्म लोकेश बज्राचार्यको सम्पादन छ । 
 
बाबा सिनेमा निर्माण कम्पनिको सहयोगमा डीआर फिल्मस र टुका इन्टरटेनमेन्टको व्यानरमा ‘गाँजा बाजा’ निर्माण भएको हो । 
 
भिडियो :-

Most Visited News (monthly)