मिति : २०८१ वैशाख ८, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 4.50/5.00)
Text size:-
+
-

साम्राज्ञी र धिरजको ‘इन्टु मिन्टु लन्डनमा’ गीत रिलिज

फिल्मीखबर, काठमाण्डौ, 2018/02/23
कोरियोग्राफर रेनाशा वान्तवा राईले पहिलो पटक निर्देशकको जिम्मेवारी सम्हालेको फिल्म ‘इन्टु मिन्टु लन्डनमा’ को लिरिकल अडियो गीत सार्वजनिक भएको छ । ‘थाहै भएन...’ बोलको प्रेमभाव बोल्ने गीतमा फिल्मका केही स्थिर दृश्यहरु समावेश छन् । 
 
स्वप्न सुमनको शब्द, संगीत र स्वर रहेको गीत युवापुस्तामा लक्षित छ । प्रदर्शन मिति कन्फर्म नभएको फिल्मको नेपाल छायांकन सम्पन्न भइसकेको छ भने यूके छायांकनको दोस्रो तालिका बाँकी छ । बसन्त ऋतुको अवसर पारेर चैत र बैशाखमा फिल्मको दोस्रो चरण छायांकन गरिने निर्माण टिमले बताएको छ ।
 
 
फिल्ममा यूकेका थुप्रै रमणीय दृश्यहरु कैद गरिएको निर्देशक रेनाशाले बताइन् । प्रज्ज्वल समशेर जबरा र रेनाशाकै कथा रहेको रोमान्टिक लभस्टोरीमा साम्राज्ञी राज्यलक्ष्मी शाह, धिरज मगर, शारुक ताम्राकारलगायत मुख्य भूमिकामा छन् । 
 
आई कोर फिल्मस्को व्यानरमा ‘इन्टु मिन्टु लन्डनमा’ लाई प्रभु समशेर जबरा र प्रज्ज्वल समशेर जबराले निर्माण गरेका हुन् । फिल्मका सह-निर्माताहरुमा सुलेखा राई, बसन्त तामाङ र सुष्मिता जिरेल रहेका छन् ।
 
फिल्मको लेखकमा अभिमन्यु दिक्षित र रेनाशा रहेका छन् भने, आभास कर्माचार्यको संवाद रहेको छ । शैलेन्द्र धोज कार्कीको छायांकन रहेको फिल्ममा टिसूजिल कर्माचार्य, हर्कुलस बस्नेत, स्वप्न सुमन र बसन्त सापकोटाको संगीत रहेको छ ।   
 
अडियो गीत सुन्नुहोस् :-