मिति : २०८१ वैशाख २९, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(4 votes, avg 2.00/5.00)
Text size:-
+
-

‘कृ’ बाट अदितीलाई कति फाइदा ?

फिल्मीखबर, काठमाण्डौ, 2018/02/23
युवा स्टार अनमोल केसीसँग स्क्रिन शेयर गर्ने रहर नेपालका जो कोहीँ अभिनेत्रीलाई छ । अझ, नव-प्रवेशीहरु त पर्दामा अनमोलको छेउमा उभिन पाउनु पनि 'लक्की' सम्झन्छन् । बलिउडमा सलमान खानलाई नयाँ नायिका भित्राउने मेशिन भनिए झैँ नेपालमा अहिले यो ट्याग अनमोेलले पाएका छन् । 
 
लगातार पाँच फिल्ममा उनले कुनै पनि नायिकासँग दोहोर्‍याएर काम गरेका छैनन् । अनमोलसँग काम गर्ने नायिकाहरु अहिले नेपालका उत्कृष्ट 'टप १०' भित्र पर्छन् । 'ड्रिम्स गर्ल' साम्राज्ञी राज्यलक्ष्मी शाह, अनमोलसँग काम गरेका नायिकाहरु मध्ये अहिलेकी सबैभन्दा डिमाण्डेड अभिनेत्री हुन् । 
 
यस्तै, हाल प्रदर्शनरत फिल्म ‘कृ’ बाट नेपाली फिल्म क्षेत्रले अर्को नयाँ नायिका पाएको छ- अदिती बुढाथोकी । इन्स्टाग्राममा लाखौं फलोअर्सकी धनी अदितीलाई ‘कृ’ भन्दा अगाडि अनमोलकै जोडीको रुपमा फिल्म 'ड्रिम्स' अफर गरिएको थियो । तर, उनले अस्वीकार गरिन् । 
 
 
उनी दोस्रो पटक पनि नेपालका सर्वाधिक चर्चित युवा स्टारको फिल्म लत्याउने सोचमा थिइन् । तर, परिवारको आग्रहमा उनले ‘कृ’ साइन गरिन् । उनलाई अनमोलको स्टारडमले आफू ओझेलमा पर्ने ठूलो डर थियो । 
 
अन्ततः लामो प्रतिक्षा पछि फिल्म रिलिज भयो । फिल्मबाट निर्माता 'सेल्फ ल्यान्डिङ' पनि भए । तर, के ‘कृ’ ले अदितीलाई स्टार बनायो त ? प्रश्न उब्जिएको छ । 
 
फिल्म हेरेका अधिकांश दर्शकले अनमोलको लुक्स, छायांकन, एक्सन, लोकेशन लगायतको तारिफ गरे । अदितीको अभिनयलाई 'वाउ' भन्ने दर्शक कमै भेटिए । फिल्म रिलिज अगावै अदितीसँग अनमोलको जोडी नसुहाउने चर्चा चलेको थियो । त्यो फिल्म रिलिजपछि पनि दोहोरियो । 
 
इन्स्टाग्राममा निकै बोल्ड तश्बिर शेयर गर्ने अदितीको कतै दर्शकले सिम्पल लुक्स नरुचाएका पो हुन् कि ? 
 
फिल्ममा उनको मेकअपमा कमजोरी देखिन्थ्यो । कति दृश्यहरुमा उनका गाला खुम्चिएका थिए । त्यो अनमोलको क्यूट लुक्सको अगाडि पटक्कै सुहाउँदैन थियो । उनको अभिनयलाई दर्शकले 'एभरेज' भनेका छन् । फिल्म हेरेका दर्शकले अदितीलाई गाउँले भूमिका भन्दा शहरिया युवतीको भूमिका सुहाउने विचार पनि राखे । 
 
भारतीय विज्ञापन र म्यूजिक भिडियोमा व्यस्त अदितीलाई ‘कृ’ ले कति सफलताको उचाईमा पर्‍यायो त्यो समयक्रम सँगै खुल्दै जानेछ । तर, नेपाली फिल्ममा आफ्नो करिअर सुरक्षित गर्न अभिनयमा केही मिहिनेत गरेको खण्डमा उनलाई नेपाली फिल्मले संभावना बोकेकी नायिकाको रुपमा हेर्न सक्नेछ ।