मिति : २०८१ वैशाख ७, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

परिवारकै सल्लाहमा बोल्ड भएँ : उर्वशी

फिल्मीखबर, मुम्बई, 2018/02/23
सन् २०१३ मा सन्नी देओलको फिल्म 'सिंह साहब द ग्रेट' बाट अभिनेत्री उर्वशी रौटेलाले आफ्नो करिअर सुरु गरेकी थिइन् । तर, उनले सोचे जस्तो सफलता भने पाउन सकिनन् । 
 
त्यसपछि उनी फिल्म 'काबिल' को एक गीतमा देखिइन् । यो फिल्ममा सानो दृश्यले उनको धेरै सोध-खोज हुन थाल्यो । 'सनम रे', 'ग्रेट ग्राण्ड मस्ती' फिल्ममा समेत अभिनय गरिसकेकी उनी पछिल्लो समय निकै बोल्ड सिन दिने अभिनेत्रीमा गनिन्छिन् । 
 
उनको रिलिजको दिन कुरेर बसेको फिल्म हो ‘हेट स्टोरी ४’ । यस फिल्ममा उनले प्रशस्तै बोल्ड सिन दिएकी छिन् ।
 
 
केही फिल्म विश्लेषकहरुले यस्ता फिल्मले उनको करिअरलाई ठूलो घाटा हुने बताइरहेका छन् । तर, उर्वशीले भने जोखिम उठाउँदै यस्तो कदम लिएको बताउँछिन् । यो फिल्मको प्रोमोमा उनको बोल्ड सिनको यतिबेला राम्रै चर्चा भइरहेको छ । 
 
हालैमा उनले एक अन्तर्वार्तामा फिल्ममा दिएको बोल्ड सिनबारे खुलेरै बोलिन् । उनले भनेकी छिन्, ‘मैले बाबा–आमालाई सोधेर नै बोल्ड सिन दिएकी हुँ ।’ विशाल पाण्डेको निर्देशनमा बनेको ‘हेट स्टोरी ४’ एक इरोटिक थ्रिलर फिल्म हो, जुन ९ मार्चमा रिलिज हुँदैछ । 
 
फिल्ममा उर्वशीका अलावा टीवी स्टार करण वाही, विवान भथेना र इहाना ढिल्लन पनि प्रमुख भूमिकामा छन् । फिल्ममा करण-उर्वशी र विवान-उर्वशीको बीच धरै स्टीमी सेक्स सिन छन् ।