मिति : २०८१ वैशाख ८, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

रिलिज अगावै ‘शत्रु गते’ गीतको किर्तिमान

फिल्मीखबर, काठमाण्डौ, 2018/02/23
प्रदर्शनरत युवा स्टार अनमोल केसी स्टारर फिल्म ‘कृ’ पछि यदी यस वर्ष कुनै फिल्मको व्यग्र प्रतिक्षा भइरहेको छ भने त्यो फिल्म ‘शत्रु गते’ हो । 
 
‘रुपै मोहनी’ र ‘पिरतीको बर्को’ गीतका कारण जसरी फिल्मको हाइप बनेको छ यसबाट अनुमान लगाउन गाह्रो छैन कि फिल्मको बक्स अफिस कलेक्सन आक्रामक हुनेछ । अझ, ‘छक्का पञ्जा’ टीम जोडिएका कारण पनि फिल्मले के कस्ता रकेर्ड तोड्ने छ यसतर्फ पनि सबैको ध्यान केन्द्रित छ । 
 
पछिल्लो समय नेपाली फिल्मका गीतसंगीतले युट्युबमा करोड भ्यू पाउनु सामान्य बन्दै गर्दा ‘शत्रु गते’ को ‘रुपै मोहनी’ गीतले पनि बिहीवार साँझ ४ बजे १ करोड 'प्लस' भ्यू पाएको छ । यो गीतले फिल्मको व्यापारमा ठूलो अर्थ राख्ने निर्माण टिमको विश्वास छ । 
 
 
फिल्म रिलिज अगावै गीतले बनाएको किर्तिमानी रेकर्डको ‘शत्रु गते’ टीमले बिहीवार केक काटेरै सेलिब्रेट गर्‍यो । संयोग पनि गजब परेछ, गीतको करोड भ्यू र फिल्मका प्रमुख कलाकार पल शाहको जन्मदिन पनि एकैदिन परेको थियो । 
 
पललाई जन्मदिनको शुभकामना दिँदै फिल्म यूनिटले संयूक्त रुपमा ‘रुपै मोहनी’ ले युट्युबमा रचेको करोड भ्यूको किर्तिमानी रेकर्डको केक काटे । हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, पल शाह, आँचल शर्मा, दीपकराज गिरी, दीपाश्री निरौला, निर्देशक प्रदीप भट्टराई, शिवहरी पौडेल, दीलिप रायमाझी लगायतका कलाकारहरु गीतको सफलताको खुसी सेलिब्रेट गर्न उपस्थित थिए । 
 
यो गीतमा शब्द लोकराज अधिकारीको रहेको छ भने संगीत टंक बुढाथोकीले दिएका छन् । गीतलाई टंक र मीना निरौलाले संयुक्त रुपमा गाएका छन् । कविराज गहतराजको नृत्य निर्देशनमा तयार भएको गीतलाई दिर्घ गुरुङले खिचेका हुन् ।
 
नायिका आँचल शर्माले आफूहरुभन्दा अग्रजसँग काम गर्न पाएको खुसी शब्दमा अभिव्यक्त गर्न सकिनन् । उनी भक्कानिएर रोइन् । नायक पल शाह पनि आफूले ‘शत्रु गते’ मा काम गर्दा धेरै कुरा सिक्ने मौका पाएको बताए । 
 
‘शत्रु गते’ लाई मह सञ्चारको ब्यनारमा निर्माण गरिएको छ भने यसका प्रस्तुतकर्ता किरण केसी हुन् । फिल्म चैत ९ गतेबाट देशैभर प्रदर्शनमा आउँदैछ । दीपकराज गिरी, दीपाश्री निरौला, नरेन्द्र कंसाकार, शिवहरी पौडेल, यसोधा श्रेष्ठ र रमिला आचार्य फिल्मको निर्मातामा रहेका छन् ।
 
भिडियो :-