मिति : २०८१ वैशाख ६, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

फिल्म गर्ने मूडमा सलिनमान !

फिल्मीखबर, काठमाण्डौ, 2018/02/23
यस वर्षको सुपरहिट फिल्म 'ए मेरो हजुर २' बाट भित्रिएका चकलेटी हिरो हुन् सलिनमान बनियाँ । फिल्ममा आउनु अगावै उनले राम्रो फ्यान फलोइंग बनाएका थिए । हेयर स्टाइल र क्यूट लुक्सले युवतीहरुलाई  'घायल' बनाएका सलिनमानले फेरि पर्दामा फर्किने सोच बनाएका छन् । 
 
डेब्यू फिल्म रिलिजपछि गुमनाम जस्तै भएका उनी अहिले आफ्नो पिताको व्यवसायमा व्यस्त रहेको बताउँछन् । बिहीवार दुवै मृगौलामा समस्या आएपछि राजधानीको महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचाररत गायिका जलजला परियारलाई सहयोग गर्न पुगेका सलिनले अब चाँडै नयाँ फिल्म गर्ने बताए । 
 
सञ्चारकर्मीको प्रश्नको उत्तर दिँदै उनले भने, 'म ग्याप गर्ने सोचमा थिइनँ । तर, विभिन्न कारणले यस्तो हुन गएको हो । धेरै प्रोजेक्टबाट अफर आए पनि अहिलेसम्म मलाई मन पर्ने स्क्रिप्ट आएको छैन । राम्रो स्क्रिप्ट आएको खण्डमा फिल्म गर्ने सोचमा छु ।' 
 
 
'ए मेरो हजुर २' रिलिज पछि लाखौं पैसा ‘सुटकेस’ मा बोकेर दर्जनौं निर्माताहरु उनको घरसम्म पुगिसकेका छन् । तर, उनले हालसम्म कुनै पनि 'न्यू प्रोजेक्ट' मा हात हालेका छैनन् । 
 
धेरैको विश्वास छ, नायिका झरना थापाले आफ्नो दुई नयाँ प्रोजेक्ट 'ए मेरो हजुर ३' र 'भागवत गीता' मध्ये एकमा फेरि सलिनलाई दर्शकमाझ ल्याउनेछिन् ।
 
यस विषयमा झरनाका श्रीमान तथा निर्माता सुनिल कुमार थापाले भने, 'सलिन घरकै हिरो हो । मैले केही दिन अगाडि पनि अब फिल्म गर भनेर भनेको थिएँ । अहिलेसम्म उसले हाम्रो फिल्म गर्ने वा नगर्ने भन्ने टुंगो लागेको छैन । हामीले अफर भने गरेका छौं ।' 
 
सलिनले झरना थापाको नयाँ फिल्ममा काम गर्ने वा नगर्ने भन्ने विषयमा बोल्न चाहेनन् । उनको यतिबेला लभ लाइफको पनि उतिक्कै चर्चा छ । केही दिन अगाडि उनले आफ्नी प्रेमिका अस्प्रिना जिन्हा श्रेष्ठसँग बर्थडे मनाएको तश्बिर सामाजिक सञ्जालमा भाइरल भएको छ ।