मिति : २०८१ वैशाख १३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सलिनको हातबाट जलजलालाई सहयोग

फिल्मीखबर, काठमाण्डौ, 2018/02/22
दुवै मृगौलामा समस्या आएपछि राजधानीको महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचाररत गायिका जलजला परियारलाई फिल्म 'ए मेरो हजुर २' टिमले सहयोग गरेको छ । 
 
 
बिहीवार टिचिङ अस्पताल मै पुगेर फिल्मका नायक सलिनमान बनियाँ र निर्माता सुनिल कुमार थापाले कूल ७६ हजार नगद हस्तान्तरण गरे ।
 
'ए मेरो हजुर २' को बेल्जियम प्रदर्शनबाट संकलित रकम मध्ये ५१ हजार र अमेरिका निवासी मुकेश सुवेदीको मुकेश सुवेदी फाउण्डेशनबाट प्राप्त २५ हजार जलजलाको उपचारका लागि प्रदान गरिएको हो । 
 
सहयोग हस्तान्तरणपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै सामाजिक सेवामा आफू अभिनीत फिल्म क्रियाशिल भएकोमा सलिनले खुसी व्यक्त गरे । उनले भने, 'म पनि सामाजिक कार्यमा सक्रिय हुन चाहन्छु । बेलाबखतमा साथीहरुसँग मिलेर हामीले बालबालिकालाई सहयोग पनि गरेका छौं ।'
 
 
निर्माता थापाले आगामी दिनमा पनि 'ए मेरो हजुर २' को विदेश प्रदर्शनबाट उठेको २५ प्रतिशत रकम समाज सेवामा खर्च गर्ने उद्घोष गरे । 
 
यस्तै, जलजलाका पिता नारायण बहादुर दर्जीले 'ए मेरो हजुर २' टिमबाट प्राप्त सहयोगले छोरीलाई थप हौसला प्रदान गरेको बताए । उनले भने, 'मृगौला प्रत्यारोपणका लागि नेपालमा अझै धेरै दिन लाग्ने भएपछि अब हामी भारत जान लागेका छौं । हामीलाई अझ सहयोगको खाँचो छ ।'