मिति : २०८१ वैशाख ८, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

कान्छीको मुस्कान (फोटोफिचर)

फिल्मीखबर, काठमाण्डौ, 2018/02/22
 
नायिका बन्छु भन्ने कल्पनै नगरेकी श्वेता खड्का अहिले सबैको प्रिय अभिनेत्री बनेकी छिन् । फिल्म 'कहाँ भेटिएला' बाट स्वर्गीय अभिनेता श्रीकृष्ण श्रेष्ठले उनलाई लिड रोलमा ब्रेक दिए । यो फिल्म सुपरहिट भयो । त्यसपछि श्वेता फिल्मभन्दा बाहिर जान सकिनन् । श्रीकै जोडी बनेर उनी फेरि फिल्म 'कोहिनूर' मा देखिइन् । 
 
 
गुणस्तरिय फिल्म गर्न रुचाउने श्वेता 'कहाँ भेटिएला' बाटै श्रीकृष्णको प्रेममा रहेको गाइँगुइँ चर्चा चलेको थियो । अन्ततः 'कोहिनूर' रिलिजको एक महिना अगाडि यी दुई सदा-सदाका लागि एकअर्काका भए । तर, भगवानको लिला पनि अनौठोको छ । श्वेतामाथि जीवनमा सोच्न पनि नसोचेको बज्रपात भयो । 
 
 
विवाहको एक महिना पनि नवित्दै सबैलाई छाडेर श्री भगवानका प्यारा भए । श्रीमानको निधनका कारण उनी लामो समय शोकमा डुबिन् । झन्डै २ वर्ष । यो अवधिमा कमैले श्वेता अब फेरि फिल्ममा फर्किने आश बोकेका थिए । तर, उनले शोकलाई शक्तिमा बदलिन् र फिल्म 'कान्छी' मार्फत कमब्याक गरिन् । 
 
उनी आफूले दोस्रो जन्म पाएको बताउँछिन् । उनी भन्छिन्, 'दर्शकहरुको मायाले मेरो पुर्नजन्म भयो ।' यतिबेला श्वेता अभिनीत तथा निर्मित फिल्म 'कान्छी' देशैभर प्रदर्शन भइरहेको छ । उनी फिल्मले दर्शकको राम्रो साथ पाइरहेको बताउँछिन् । 
 
 
उनी भन्छिन्, 'फिल्मको बक्स अफिस कलेक्सन मेरा लागि महत्वपूर्ण होइन । दर्शकले मन पराइदिनु भयो त्यो नै मेरो सबैभन्दा ठूलो सफलता हो । दर्शकको माया र साथ पैसामा किन्न पाइन्न ।' 
 
फिल्म रिलिजको दोस्रो दिन गोपीकृष्णमा सयौं दर्शकमाझ कहिले पनि फिल्म क्षेत्र नछाड्ने बाचा गरेकी श्वेता चाँडै नयाँ फिल्मको तयारीमा लाग्ने बताउँछिन् । 
 
 
उनी अहिले 'कान्छी' को सक्सेस सेलिब्रट गर्दैछिन् । यही कारण हुनसक्छ अहिले उनको ओठमा खुसीका मुस्कानहरु लटरम्मै मुस्कुराइरहेका छन् ।