Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 4.50/5.00)
Text size:-
+
-

‘बागी २’ ट्रेलरमा टाइगरको धमाकेदार एक्सन

फिल्मीखबर, काठमाण्डौ, 2018/02/21
 
बलिउड अभिनेता टाइगर श्राफ र अभिनेत्री दिशा पटानी स्टारर फिल्म ‘बागी २’ को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा टाइगर जर्बजस्त एक्सन अवतारमा देखिएका छन् । रोनीको भूमिकामा उनको लुक निकै धमाकेदार छ । 
 
यो फिल्ममा मनोज वाजपेसी, दीपक डोबरियाल र रणदीप हुड्डा जस्ता स्टार पनि देखिँदैछन् । ट्रेलर रिलिजभन्दा केही घण्टा अगाडि निर्माण टीमले फिल्मको दुई नयाँ पोस्टर सार्वजनिक गरेको थियो, जसमा टाइगर र दिशा फिचर्ड छन् । 
 
‘बागी २’ का निर्माताले फिल्मको ट्रेलर मुम्बईको रेसकोर्समा निकै अनौैठो अन्दाजमा सार्वजनिक गरे । रेसकोर्समा टाइगर श्राफ र दिशा पटानीले हेलीकप्टरबाट झरेर फिल्मको ट्रेलर सार्वजनिक गरेका हुन् । 
 
ट्रेलर हेर्नुहोस् :-
 

 
‘बागी’ मा टाइगरसँग श्रद्धा कपूर देखिएकी थिइन् र यो फिल्म वर्ष २०१६ मा आएको थियो । फिल्मका निर्माताले ‘बागी २’ रिलिज अगावै ‘बागी ३’ को पनि निर्माण घोषणा गरिसकेका छन् ।
 
अहमद खानले निर्देशन गरेको ‘बागी २’ लाई साजिद नाडियाडवालाले निर्माण गरेका हुन् । यो फिल्म यसै वर्षको मार्च ३० मा रिलिज हुँदैछ । 
Most Visited News (monthly)