मिति : २०८१ वैशाख १३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

चैत २ मा लाग्ने भो ‘डेस्टिनेशन काठमाडौं’

फिल्मीखबर, काठमाण्डौ, 2018/02/21
स्व. निर्देशक दीपक रायमाझीको ‘ड्रिम प्रोजेक्ट’ का रुपमा रहेको फिल्म ‘डेस्टिनेशन काठमाडौं’ अन्ततः अब प्रदर्शनमा आउने भएको छ । निर्माता शरद अधिकारीले चैत २ गतेलाई फिल्मको प्रदर्शन मिति 'तय' गरेको जानकारी दिए । 
 
 
बिदेशीलाई नेपालप्रति आकर्षित गराउदै देशको पर्यटन क्षेत्रको बिकासमा सहयोग पुर्‍याउनुका साथै देशको राजनीति परिवेशले पारेको प्रभावको बिषयमा केन्द्रित फिल्मलाई अन्तर्राष्ट्रिय स्तरमा प्रदर्शन गर्ने सोच निर्देशक रायमाझीको थियो । तर, उनको असमायिक निधनका कारण केही समय निर्माण रोकिएको फिल्मलाई अर्का निर्देशक मधुसुदन भट्टराईले पूरा गरेका हुन् । 
 
कार्यकारी निर्देशक मधुसुदनले ‘डेस्टिनेशन काठमाडौं’ ले पर्यटन क्षेत्रको बिकासको सन्देशका साथै भरपूर मनोरञ्जन प्रदान गर्ने बताउँछन् । जनपुकार मिडिया हाउसले निर्माण गरेको फिल्ममा दीलिप रायमाझी, झरना थापा, केशब भट्टराई, बिक्रम मल्ल ठकुरी, रबि गिरी, बिकास चापागाई प्रमुख भूमिकामा छन् ।
 
विदेशका विभिन्न स्थानमा विशेष प्रदर्शन गरिएको यो फिल्ममा राजु थापा र सौरभ लामाको छायांकन,  निखिल बिश्वास, रमेश खड्का र राजन तिमिल्सिनाको संगीत छ ।