मिति : २०८१ वैशाख ७, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘ऐतराज’ को सिक्वेलमा प्रियंका ?

एजेन्सी, मुम्बई, 2018/02/21
अचेल इन्टरनेशनल प्रोजेक्‍ट्समा बलिउड अभिनेत्री प्रियंका चोपडा निकै व्यस्त छिन् । आफ्नो अमेरिकन टिभी शो ‘क्‍वान्टिको’ को तेस्रो सिजनको सुटिङ सुरु गरिरहेकी प्रियंकाको बलिउड कमब्याकलाई लिएर पटक-पटक खबरहरु बाहिर आइरहेका छन् । 
 
तर, अब प्रियंका आफ्नो हिट फिल्म ‘ऐतराज’ को सिक्वेलमा देखिन सक्ने भारतीय मिडियाले बताएका छन् । यो फिल्म वर्ष २००४ मा रिलिज भएको थियो, जसमा प्रियंकाले नेगेटिभ भूमिका निर्वाहा गरेकी थिइन् । 
 
 
प्रियंकालाई आफ्नो नयाँ भूमिकाका लागि निकै तारिफ मिलेको थियो । फिल्‍म ‘ऐतराज’ लाई डाइरेक्टर अब्‍बास-मस्‍तानले गरेका थिए भने सुभाष घईले निर्माण गरेका थिए । 
 
मुम्बई मिररका अनुसार, सुभाष घई अब आफ्नो यो रोमान्टिक थ्रिलर फिल्मको सिक्वेल बनाउँदैछन् र यसमा उनी प्रियंकालाई लिड रोलमा लिन चाहन्छन् । सुत्रका अनुसार, फिल्मको कथा र टाइटल नयाँ हुनेछ । सुभाषले आफ्नो नयाँ प्रोजेक्टको विषयमा प्रियंकासँग कुराकानी गरिसकेका छन् । 
 
प्रियंकालाई फिल्मको सिक्वेलको आइडिया निकै मन परेको छ र उनले यो फिल्मको सिक्वेलमा काम गर्नका लागि इच्छा पनि देखाएकी छिन् । फिल्‍म ‘ऐतराज’ मा प्रियंकासँगै अक्षय कुमार र करीना कपूरको जोडी देखिएको थियो ।