मिति : २०८१ वैशाख १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘पञ्चेबाजा’ को मोफसल दौडाहा

फिल्मीखबर, काठमाण्डौ, 2018/02/21
अभिनेता द्वय सौगात मल्ल र कर्मा शाक्य स्टारर फिल्म ‘पञ्चेबाजा’ को रिलिज डेट नजिकिँदै गर्दा फिल्म युनिट मोफसलको प्रमोसनल दौडाहामा निस्केको छ । यो फिल्म फागुन ११ गतेबाट देशव्यापी प्रदर्शनमा आउँदैछ । 
 
पोखराबाट सुरु भएको फिल्मको मोफसल पब्लिसिटी बुटवल, चितवन, हेटौंडा हुँदै धरानसम्म हुने निर्माता राजेश शाहीले जानकारी दिए । मोफसलमा निर्माण टिमले फिल्म हेर्न सबै दर्शकहरुलाई आह्वान गरेको छ ।
 
 
फिल्मको बारेमा बोल्दै अभिनेत्री जस्मिन श्रेष्ठले ‘पञ्चेबाजा’ बाट आफूलो ठूलो अपेक्षा राखेको बताइन् । यस्तै, निर्देशक घनश्याम लामिछानेले एक गाउँका तीन पात्रको कथा फिल्ममा प्रस्तुत गरिएको बताए । 
 
न्यू भेनस फिल्मस्को व्यानरमा निर्माण भएको ‘पञ्चेबाजा’ मा बुद्धि तामाङ, सिर्जना सुब्बा, प्रकाश घिमिरे, सबिन बास्तोला, प्रमिला तुलाचन, देशभक्त खनाल, युवराज भण्डारी, तेज गिरी, राजेश शाही लगायतका कलाकारहरुको पनि अभिनय छ ।
 
सारा गुरुङ सह-निर्माता रहेको फिल्ममा कालीप्रसाद बास्कोटा र विकास चौधरीको संगीत, दीर्घ खड्काको सम्पादन, प्रदिप भारद्वाजको लेखन, जेसन कुँवरको पार्श्व ध्वनि, उत्तम न्यौपानेको मिक्सिङ र हरि घले लामाको छायांकन छ ।