मिति : २०८१ वैशाख १५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

वुद्दिको ‘चङ्गा’ रिलिज घोषणा

फिल्मीखबर, काठमाण्डौ, 2018/02/21
हास्यकलाकार किशोर भण्डारी (डिट्ठा साब) द्वारा निर्देशित फिल्म ‘चङ्गा’ को रिलिज डेट घोषणा गरिएको छ । निर्माता तथा निर्देशक भण्डारीले बर्ष २०७५ को जेठ २५ गतलाई फिल्मको प्रदर्शन मिति तय गरिएको जानकारी दिए । 
 
 
फिल्मलाई मोफसलमा वितरणको अधिकार एफडी कम्पनिले खरिद गरेको छ । मंगलबार मात्रै फिल्म निर्माण टिम र एफडी कम्पनिबीच वितरण सम्झौता भयो । फिल्मको तर्फबाट निर्देशक भण्डारी र एफडी कम्पनिको तर्फबाट अध्यक्ष नरेन्द्र महर्जनले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । 
 
यस्तै, फिल्मलाई उपत्यकामा वितरणको अधिकार करण श्रेष्ठको रिच ईन्टरटेन्मेन्टले लिएको छ । हाँस्य जनराको फिल्मले पारिवारिक तथा सामाजिक कथा बोल्छ ।
 
फिल्ममा वुद्दि तामाङ (हैट), कमलमणी नेपाल, अंकित खड्का, लक्ष्मी वर्देवा, राजन खतिवडा, जीवन भट्टराई लगायतका कलाकारहरुको अभिनय छ । 
 
 
फिल्मको कथा निर्देशक आफैंले लेखेका हुन् । ‘चङ्गा’ लाई प्रतिकात्मक रुपमा देखाउन खोजिएको फिल्ममा पैसाको समस्यापछि एक ग्रामिण भेगको युवकको जीवनमा आउने उतार चढावलाई जोडिएको छ । 
 
रविन आचार्यले खिचेको फिल्ममा राजनराज शिवाकोटी र कमल खत्रीको संगीत छ । कार्यकारी निर्माता प्रकु पाण्डे रहेको फिल्मकी निर्मात्री रेश्मा तिमल्सिना हुन् ।