मिति : २०८१ वैशाख १२, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

श्वेता लेख्छिन्, ‘दर्शकको मायालाई पैसासँग तुलना गर्न चाहन्नँ’

फिल्मीखबर, काठमाण्डौ, 2018/02/21
नेपालमा केही वर्ष यता फिल्मको बक्स अफिस कलेक्सनको रिपोर्ट सार्वजनिक गर्ने ट्रेन्ड नै चलेको छ । प्रायः प्रदर्शनको दुई दिनमा वा विकेन्ड कलेक्सन एक करोड ग्रस रहेको भन्दै निर्माताले मिडियामा बताउने गर्छन् । तर, ती मध्ये कमै फिल्मको मात्र कलेक्सन रिपोर्ट सत्य हुने गर्छ ।
 
 
शुक्रवारबाट देशव्यापी प्रदर्शनमा आएको अभिनेत्री तथा निर्मात्री श्वेता खड्का स्टारर फिल्म ‘कान्छी’ को भने व्यापारिक रिपोर्ट अहिलेसम्म सार्वजनिक भएको छैन । दर्शकको हलमा सुखद उपस्थिति रहे पनि निर्मात्री श्वेता तत्काल फिल्मको बक्स अफिस कलेक्सन रिपोर्ट सार्वजनिक गर्ने मूडमा छैनन् । 
 
व्यापारिक रिपोर्ट सार्वजनिक नहुँदा यतिबेला कतै ‘कान्छी’ बक्स अफिसमा फ्लप त भएन भन्ने प्रश्न उब्जिएको छ । प्रायः प्रदर्शनमा आएका ठूला र प्रतिक्षीत फिल्मको कलेक्सन रिपोर्ट सार्वजनिक भइरहँदा ‘कान्छी’ ले पनि प्रदर्शनको दिनदेखि कति कमाइरहेको छ भन्ने जान्न दर्शक र चलचित्रकर्मीहरु इच्छुक छन् । 
 
यस्तैमा श्वेताले आफ्नो आधिकारी फेसबुकमा एक स्टाटस लेख्दै आफूलाई पैसाभन्दा दर्शकको साथ र माया ठूलो रहेको बताएकी छिन् । 
 
उनले लेखेकी छिन्, ‘फिल्म चलेको र नचलेको चर्चा परिचर्चा गरिरहँदा पैसाकै कुरा चल्ने गरेको छ । करोडौको हिसाव-किताव देखाएर फिल्म हिट भएको देखाउने ट्रेन्ड नै चलेको छ । तर म, मेरो दर्शकबृन्दको मायालाई पैसासँग तुलना गर्न चाहन्नँ । मैले, बितेका २-३ दिनमा मेरा दर्शकबाट पाएको अथाह माया, साथ र सल्लाह अरबौ-खरबौको छ ।’
 
 
उनी अगाडि लेख्छिन्, ‘पैसाले माया, साथ र हौसला किन्न पाइने भए संसारको सबै माया बिल गेट्सको ढुकुटीमा जम्मा हुने थियो होला र हामी सबै रित्तो हुने थियौ होला । तपाई हाम्रो माया र आत्मिय सम्बन्ध करोड कमाउने 'फिल्मी क्लब' मा होइन हाम्रै मन, मुटु र मस्तिस्क भित्र छाइरहोस् । हाम्रो अटुट आत्मिय सम्बन्धको डोरी ‘कान्छी’ मार्फत झन्-झन् मजबुद भएको महशुस गरेकी छु ।’
 
आकाश अधिकारी निर्देशित ‘कान्छी’ मा श्वेता र अभिनेता दयाहाङ राई लिड रोलमा छन् । नीर शाह, अनु शाह, विनोद न्यौपाने, प्रज्जवल सुजल गिरी, कामेश्वर चौरसिया, आशान्त शर्मालगातका कलाकारहरुको पनि फिल्ममा अभिनय छ ।