मिति : २०८१ वैशाख १२, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

होलीमा निखिल र सौगातको ‘संरक्षण’ रि-रिलिज हुने

फिल्मीखबर, काठमाण्डौ, 2018/02/20
अभिनेता द्वय निखिल उप्रेती र सौगात मल्ल स्टारर फिल्म ‘संरक्षण’ पुनः प्रदर्शनमा आउने भएको छ । गएको साउन २७ गते देशव्यापी प्रदर्शनमा आए पनि लगातारको वर्षाले तरार्इका अधिकांश भु–भाग डुबानमा परेपछि फिल्मले अपेक्षा अनुसार दर्शकको साथ पाउन सकेको थिएन । 
 
अब यो फिल्म होलीको छेको अर्थात्, फागुन १७ गतेबाट फेरि प्रदर्शनमा आउने भएको छ । निर्माता प्रदीप कुमार उदयका अनुसार, विराटनगर, जनकपुर, राजविराज, गौर, विरगञ्जलगायत ८ जिल्लामा फिल्म रि-रिलिज हुनेछ ।
 
उनले भने, ‘संरक्षण’ रिलिजको समयमा डुबानमा परेका विभिन्न जिल्लामा विशेष गरि फिल्म पुनः प्रदर्शन गर्दै छौ ।’ 
 
 
फिल्मले तराई क्षेत्रमा हुने राजनीति र त्यसले जनता र प्रहरीलाई कसरी असर पुर्‍याउँछ भन्ने कथा बोल्छ । फिल्ममा परवेश मल्लिकको संगीत, पुरुषोत्तम प्रधानको छायांकन, हिमाल केसीको एक्सन छ । 
 
‘संरक्षण’ मा कामेश्वर चौरासिया, मलिना जोशी, प्रमोद अग्रहरी, रमेश रञ्जन, अशिष्मा नकर्मी, रमेश बुढाथोकी लगायतका कलाकारहरुको पनि मुख्य भूमिका रहेको छ । पूर्णेन्द्रकुमार झाले निर्देशन गरेको फिल्मलाई प्रदिपकुमार उदय र नरेन्द्र महर्जनले संयुक्त रुपमा निर्माण गरेका हुन् । 
 
राजनीति, क्राइम, पत्रकारिता, राजनीतिज्ञ लगायतको कथालाई एकसाथ यो फिल्ममा उतारिएको छ । फिल्ममा नायक निखिल उप्रेती ‘एसपी खरेल’ र सौगात मल्ल ‘डीएसपी थारु’ को भूमिकामा देखिएका छन् ।
 
हेर्नुहोस्, ‘संरक्षण’ को होली गीत :-