मिति : २०८१ वैशाख १५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(5 votes, avg 5.00/5.00)
Text size:-
+
-

इन्स्टाग्राम फलोअर्स : अनमोल नम्बर वान, प्रदीपभन्दा पल अगाडि

फिल्मीखबर, काठमाण्डौ, 2018/02/20
अचेल सेलिब्रेटीहरुका लागि सामाजिक सञ्जाल आफ्ना प्रशंसक र समर्थकहरुसँग नजिकिने माध्यम बनेको छ। अहिले आएर यो अति नै आवश्यक भइसकेको छ। नेपाली फिल्म क्षेत्रमा कलाकारका लागि सामाजिक सञ्जालअन्तर्गतको इन्स्टाग्रामको निकै क्रेज छ । 
 
 
आज हामी यो प्याकेजमा नेपालका तीन युवा स्टारको इन्स्टाग्राम फलोअर्सको विषयमा चर्चा गर्दैछौ । अनमोल केसी, प्रदीप खड्का र पल शाह अहिलेका सर्वाधिक डिमाण्डेड अभिनेताहरु हुन् । 'बलिउडमा तीन खानको वर्चश्व छ' भने जस्तै नेपालमा अहिले यी तीन चकलेटी हिरोले मार्केट पिटेका छन् । अनमोल, प्रदीप र पल नेपालका महंगा अभिनेताहरु मध्ये उत्कृष्ट तीन भित्र पर्छन् । 
 
अनमोललाई एक फिल्म बापत ५० लाख, प्रदीपलाई ३० लाख माथि र पललाई १५ लाख बढी पारिश्रमिक दिन निर्माताहरु तयार छन् । उनीहरुलाई अहिलेको अवस्थामा एकअर्काको प्रतिस्पर्धी मानिन्छ । सामाजिक सञ्जालअन्तर्गतको इन्स्टाग्राममा चाहिँ यी तीन युवा स्टार मध्ये को शीर्ष स्थानमा छन् ?   
 
 
पारिश्रमिकको मामलामा जस्तै इन्स्टाग्राम फलोअर्समा पनि प्रदीप र पलभन्दा अनमोल धेरैले अगाडि छन् । उनलाई १ लाख ९५ हजार बढीले फलो गरेका छन् । उनले भने ४ सय ८४ जनालाई पछ्याएका छन् । अनमोलले हालसम्म ४ सय ३ वटा फोटो शेयर गरेका छन् । 
 
 
अनमोलपछि इन्स्टामा अभिनेता पल शाहको फलोअर्स बढी छ । उनलाई ५५ हजार ५ सय बढीले फलो गरेका छन् । उनले भने ९८ जनालाई पछ्याएका छन् । हालसम्म पलले इन्स्टाग्राममा २ सय १० वटा तश्बिरहरु शेयर गरेका छन् । 
 
 
यस्तै, यो मामलामा प्रदीप तेस्रो स्थानमा परेका छन् । पलभन्दा उनको १ सय कम फलोअर्स छ । निकै कम व्यक्तिलाई इन्स्टामा पछ्याएका उनलाई ५५ हजार ४ सय बढीले फलो गरेका छन् । उनले भने मात्र १४ जनालाई पछ्याएका छन् । १ सय ७६ वटा तश्बिर प्रदीपले इन्स्टामा अपलोड गरेका छन् । 
 
रोचक कुरा त के भने इन्स्टामा यी तीनले एकअर्कालाई फलो गरेका छैनन् । अनमोलले बलिउडस्टार सलमान खान, शाहरुख खान, सन्नी लियोन, ऋतिक रोशन, वरुण धवन, कैटरीना कैफ, नगरिस फाखरी, टाइगर श्राफसँगै हलिउडका चर्चित खेलाडी, गायक-गायिका तथा लोकप्रिय म्यूजिक ब्यान्डलाई पछ्याउँछन् । 
 
प्रदीपले इन्स्टाग्राममा नेपाली फिल्म निर्देशक दिनेश डिसी, 'प्रेमगीत' निर्माता सन्तोष सेन, उद्योगपति बरुण चौधरी र निर्वाण चौधरीलगायतलाई पुछ्याउँदा रहेछन् । 
 
यस्तै, पलले भने निरुता सिंह, दीपकराज गिरी, स्वस्तिमा खड्का, प्रकृति श्रेष्ठ, आँचल शर्मा, केकी अधिकारी, सलोन बस्नेत, वर्षा राउतलगायतका नेपाली कलाकारलाई फलो गरेका छन् ।    
 
अनमोल अभिनीत फिल्म 'कृ' हाल दोस्रो हप्तामा प्रदर्शन भइरहेको छ । अब चाँडै उनी फिल्म 'क्याप्टेन' को तयारीमा जुट्दैछन् । उता, पल अभिनीत नयाँ फिल्म 'शत्रु गते' चैत ९ गतेबाट प्रदर्शनमा आउँदैछ भने प्रदीप स्टारर फिल्म 'लिलिबिली' को रिलिज डेट चैत ३० गतेलाई लक गरिएको छ ।