मिति : २०८१ वैशाख १५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

शिवको फिल्ममा प्रियंकासँगै आयुष्मान पनि !

फिल्मीखबर, काठमाण्डौ, 2018/02/20
अभिनेता शिव श्रेष्ठको लगानीमा निर्माण हुन लागेको फिल्म ‘एउटा यस्तो प्रेम कहानी’ मा रियल प्रेम जोडीको बर्चश्व रहने भएको छ । अभिनेत्री वर्षा राउत र अभिनेता संजोग कोइराला यसअघि नै फिल्ममा अनुवन्धित भइसकेका छन् । त्यसलगत्तै फिल्ममा अभिनेत्री प्रियंका कार्की भित्रिइन् । 
 
फिल्मीखबर डटकमलाई प्राप्त जानकारी अनुसार, यो फिल्ममा प्रियंकाका प्रेमी तथा अभिनेता आयुष्मान देशराज जोशी पनि अनुवन्धित भएका छन् । फिल्ममा प्रियंका र आयुष्मान प्रेम जोडीकै रुपमा देखिने स्रोत बताउँछ । आयुष्मानले फिल्ममा सोसल वर्करको भूमिका निर्वाहा गर्नेछन् । 
 
 
फागुन अन्तिम साताबाट छायांकन सुरु हुन लागेकोे ‘एउटा यस्तो प्रेम कहानी’ लाई दीपेश सापकोटाले निर्देशन गर्दैछन् । फिल्मको एक गीतमा दीलिप रायमाझी, भुवन केसी, करिश्मा मानन्धर, निरुता सिंहलगायतका कलाकारहरुको पनि अभिनय रहने बताइएको छ । 
 
नारीप्रधान भनिएको यो फिल्ममा तीनवटा फरक लभस्टोरीलाई प्रस्तुत गरिने छ । फिल्मको मेजर रोलमा वर्षा, प्रियंका र बिष्णु चेम्जोंग रहनेछन् । नरेन खड्का, किरण केसीलगायतका कलाकारहरु पनि फिल्ममा अभिनय रहनेछ । अभिनेता तथा निर्माता शिव पनि फिल्ममा विशेष भूमिकामा देखिने छन् । 
 
शिव श्रेष्ठ प्रस्तुतकर्ता रहेको फिल्मलाई यशोदा राई र दिनेश दर्शनधारीले संयूक्त रुपमा निर्माण गर्न लागेका हुन् । निर्माता तथा नायक श्रेष्ठ आफैंले फिल्मको कथा लेखेका हुन् ।