मिति : २०८१ वैशाख ८, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 1.50/5.00)
Text size:-
+
-

रमाइलो छ ‘मिस्टर भर्जिन’ को ‘टुल्की’ गीत

फिल्मीखबर, काठमाण्डौ, 2018/02/20
प्रदर्शन मिति घोषणा नगरिएको फिल्म ‘मिस्टर भर्जिन’ को ‘टुल्की’ बोलको अडियो गीत सार्वजनिक भएको छ । गीतमा सुरज पण्डितको स्वर, शब्द र संगीत रहेको छ । ‘टुल्की’ लाई नेपालको सुदूरपश्चिम तथा मध्यपश्चिम क्षेत्रमा गाइने देउडा फ्लेवरमा तयार पारिएको छ । 
 
गीत निकै रमाइलो बनेको छ । यो गीतको भिडियो फिल्मको प्रदर्शन मिति घोषणा गर्दै सार्वजनिक गर्ने तयारीमा निर्माण यूनिट छ । १ करोड लागतमा निर्माण भएको यो फिल्मले तीन युवाको यौन मनोविज्ञानको कथा बोल्छ । 
 
अडियो गीत :-

 
फिल्ममा गौरव र कमलमणीका अलावा मरिष्का पोखरेल, भोलाराज सापकोटा, विजय बराल, रविन्द्र झा, सागर ढकाल, सिर्जना सुब्बा लगायतका कलाकारको पनि अभिनय छ । 
 
‘मिस्टर भर्जिन’ मा महेश दवाडीको कथा, रामेश्वर कार्कीको छायांकन, विक्रम स्वाँर र दीपकमान सिंहको कोरियोग्राफी र सुरज पण्डित, श्रीकृष्ण बम मल्ल, बुलेट फ्लो, आधा सुर, आर जे, मिस्टर प्रिन्सको संगीत छ । 
 
फिल्मलाई वल्र्ड वाइड फिल्म्स डिस्ट्रिव्यूसन प्रा.ली. ले निर्माण गरेको हो । फिल्ममा खिलेन्द्र तिमल्सिना, प्रजापती सिवाकोटी, मुकेश रेग्मी र बिशारद बस्नेतको लगानी रहेको छ भने सह-निर्मातामा सन्दिप उप्रेती रहेका छन् ।