मिति : २०८१ वैशाख १३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

गीत जस्तै ‘पञ्चेबाजा’ होला हिट ?

फिल्मीखबर, काठमाण्डौ, 2018/02/19
पछिल्लो समय गीतसंगीतका कारण पनि नेपाली फिल्मको व्यापार केही आशलाग्दो बन्दै गएको छ । गीतसंगीत उत्कृष्ट भएकै कारण धेरै फिल्मले बिजनेशमा बाजी मारेको रेकर्ड फिल्म क्षेत्रमा छ । 'नाई नभन्नु ल' का संस्करणदेखि 'छक्का पन्जा २' सम्म पछिल्ला उदाहरण हुन् ।
 
 
यस्तै, फागुन ११ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको फिल्म ‘पञ्चेबाजा’ को ‘घिन घिन मादल’ बोलको गीत पनि यतिबेला खुब चर्चामा छ । चिया पसलदेखि विभिन्न साँस्कृतिक कार्यक्रममा अहिले यो गीत राम्रै घन्किरहेको छ । 
 
युट्युबमा २१ लाख भन्दा बढी 'भ्यूज' मिलेको गीतलाई झन्डैै ६ सयको आसपासमा कमेन्ट मिलेको छ । कमेन्टमा अधिकांशले गीतको तारिफ गरेका छन् । ‘पञ्चेबाजा’ को व्यापारिक सफलताको लागि यो गीतले ठूलो अर्थ राख्ने देखिएको छ । 
 
अञ्जु पन्त र डेविड शंकरको स्वर रहेको गीतमा प्रदीप भाद्वाजको शब्द र विकास चौधरीको संगीत सुन्न सकिन्छ । कविराज गहतराज गीतका कोरियोग्राफर हुन् । गीतको भिडियोमा सौगात र जस्मिन श्रेष्ठ फिचरिङ छन् । 
 
 
यस्तैमा फिल्मले सेन्सर बोर्डबाट 'पिजी सर्टिफिकेट' पाएको छ । अब यो फिल्म हेर्न १६ वर्षभन्दा कम उमेरका दर्शकले अभिभावकको साथमा हेर्नु पर्नेछ । न्यू भेनस फिल्मस्को व्यानरमा निर्माण भएको ‘पञ्चेबाजा’ मा राजेश शाहीको लगानी छ । 
 
फिल्ममा सौगात र जस्मिनसँगै कर्मा, बुद्धि तामाङ, सिर्जना सुब्बा, प्रकाश घिमिरे, सबिन बास्तोला, प्रमिला तुलाचन, देशभक्त खनाल, युवराज भण्डारी, तेज गिरी र राजेश शाहीको पनि अभिनय छ ।
 
गीत हेर्नुहोस् :-

 
सारा गुरुङ सह-निर्माता रहेको फिल्ममा दीर्घ खड्काको सम्पादन, प्रदिप भारद्वाजको लेखन, जेसन कुँवरको पार्श्व ध्वनि, उत्तम न्यौपानेको मिक्सिङ र हरि घले लामाको छायांकन छ । यो फिल्मका निर्देशक घनश्याम लामिछाने हुन् ।