मिति : २०८१ वैशाख १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अनिल र सोनम एउटै फिल्ममा

एजेन्सी, मुम्बई, 2018/02/19
पहिलो पटक अभिनेता अनिल कपूर आफ्नी छोरी सोनम कपूरसँग सि‍ल्भर स्क्रिनमा देखिने भएका छन् । यी दुईले ‘एक लडकी को देखा तो ऐसा लगा’ नामक फिल्ममा सँगै काम गर्न लागेका हुन् । 
 
यो फिल्मको टाइटल अनिल कपूरको फिल्म  ‘१९४२ : लभ स्टोरी’ को पपुलर गीत (एक लडकी को देखा तो ऐसा लगा जैसे) माथि राखिएको छ । 
 
 
ट्विटरमा फोटो शेयर गर्दै सोनमले लेखेकी छिन्, ‘पिता र यो टिमको साथका कारण मलाई घर जस्तो माहोल महशुस भएको छ । फिल्मको पहिलो दिनको एक झलक ।’ 
 
आफ्नो पितासँग काम गर्न सोनम निकै उत्साहित छिन् । सोनम र अनिलका अलावा फिल्ममा जूही चावला र नेशनल अवार्ड विनर राजकुमार राव पनि छन् । 
 
सोनम र राजकुमारले यसअघि ‘डली की डोली’ मा एकसाथ काम गरेका थिए । ‘एक लडकी को देखा तो ऐसा लगा’ पिता र छोरीमाथि आधारित छ । यो फिल्मलाई शैली चोपडाले निर्माण गर्दैछिन् ।