मिति : २०८१ वैशाख १५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

बक्सअफिसमा कमजोर बन्दै ‘प्याडम्यान’

एजेन्सी, मुम्बई, 2018/02/18
अक्षय कुमारको फिल्म ‘प्याडम्यान’ को शनिवारसम्मकोे बक्सअफिस कलेक्सन रिपोर्ट सार्वजनिक भएको छ । फिल्मको कन्टेन्टलाई दर्शकले अत्याधिक रुचाए पनि खिलाडी कुमारको फिल्म अब बक्सअफिसमा कमजोर बन्दै गएको छ । 
 
दोस्रो हप्ताको सुरुवात सँगै फिल्मको कलेक्सन कमजोर हुँदै गएको छ । दोस्रो हप्ताको शुक्रवार २ करोड कमाएको फिल्मले शनिवार ३ करोडको मात्र विजनेश गर्न सफल भयो । 
 
फिल्मले प्रदर्शनको पहिलो दिन १० करोड २६ लाख, दोस्रो दिन १३ करोड ६८ लाख, तेस्रो दिन १६ करोड ११ लाख, चौथो दिन ५ करोड ८७ लाख, पाँचौ दिन ६ करोड १२ लाख, छैटौ दिन ७ करोड ५ लाख, सातौ दिन ३ करोड ७८ लाख, आठौ दिन २ करोड १० लाख र नवौं दिन ३ करोड १५ लाख कलेक्सन गरेको छ । 
 
 
फिल्म ट्रेड एनालिस्ट तरण आदर्शका अनुसार, फिल्मले प्रदर्शनको ९ दिनसम्ममा कूल ६८ करोड १२ लाख कमाउन सफल भएको छ । भारतीय मिडियाका अनुसार, ८० करोडमा यो फिल्म निर्माण भएको हो ।
 
‘प्याडम्यान’ पहिला २६ जनवरीमा रिलिज हुन लागेको थियो तर सञ्जय लीला भंसालीको ‘पद्मावत’ का कारण अक्षयले आफ्नो फिल्मको रिलिज अगाडि बढाएर ९ फेव्रअरीलाई तोके । रिलीज डेट अगाडि बढाएका कारण पनि केही फाइदा ‘प्याडम्यान’ लाई पक्कै भएको छ । यदी ‘प्याडम्यान’, ‘पद्मावत’ सँग रिलिज भएको भए यति कमाउन पनि मुश्किल थियो । 
 
‘प्याडम्यान’ मा अक्षय कुमार, राधिका आप्टे र सोनम कपूर मुख्य भूमिकामा छन् । राधिका, अक्षयकी श्रीमती बनेकी छिन् । यो फिल्मका निर्देशन आर बाल्की हुन् । फिल्मलाई अक्षयकी श्रीमती ट्विंकल खन्नाले निर्माण गरेकी हुन् ।