मिति : २०८१ वैशाख १५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

प्रशान्तलाई लिएर ‘रणवीर’ घोषणा, शुभेच्छासँग शुशीलको रोमान्स

फिल्मीखबर, काठमाण्डौ, 2018/02/18
‘ऐश्वर्य’ भिलेन प्रशान्त ताम्राकारको हातमा अहिले एकपछि अर्को फिल्म टुटेको छैन । करिअरलाई नै टर्न गरिदिएको ‘ऐश्वर्य’ पछि उनको डिमाण्ड ह्वात्तै बढेको छ । केही दिन अगाडि मात्र उनले ‘रानीमहल’ साइन गरेर पनि हात झिके । उनी एकसाथ दुई फिल्म गर्न चाहन्नन् ।
 
यस्तैमा प्रशान्तलाई लिएर आइतवार फिल्म ‘रणवीर’ को घोषणा गरिएको छ । यही फिल्मका लागि उनले ‘रानीमहल’ छाडेका हुन् । फेरि पनि एन्टागोनिष्ट चरित्रमै देखिन लागेका प्रशान्तले यो फिल्मका लागि महंगो पारिश्रमिक बुझेको चर्चा छ । 
 
फिल्ममा प्रशान्तका अलावा शुशील सिटौला, शुभेच्छा खड्का, सुपुष्पा भट्ट, टिका पहारी, रवि गिरीलगायतका कलाकारहरुको पनि अभिनय रहने छ । 
 
 
‘रणवीर’ को भूमिकामा शुशील देखिँदैछन् । एक्सन, रोमान्स र कमेडी जनरामा निर्माण हुने फिल्मलाई गोेविन्द सिंह भण्डारीले निर्देशन गर्दैछन् । फिल्मको कथा पनि उनकै हो । फागुन ७ गतेबाट फ्लोरमा जान लागेकोे फिल्मको निर्माण लागत २ करोड रहने निर्माता गोमा विष्ट थापाले जानकारी दिइन् । 
 
गोमालाई दीपेन्द्र रेग्मीले लगानीमा साझेदारी गरेका छन् । काठमाडौं, धनगढी, महेन्द्रनगर र डडेलधुरा लगायतका स्थानमा छायांकन हुने फिल्मले एक पढेलेखेको र जाँगरिलो युवकको जीवनमा आउने विभिन्न मान्छे र परिस्थितिको कथा बोल्नेछ ।
 
निर्देशक भण्डारी भन्छन्, ‘रणवीर’ भनेको एक जाँगरिलो पात्र हो । नाम बोल्ड छ । नाम अनुसार नै हामीले पात्र छनौट गरेका हौं ।’ 
 
प्रशान्तले कथा र आफ्नो भूमिका बलियो लागेको कारण ‘रणवीर’ मा काम गर्न लागेको बताए । उनले भने, ‘रणवीर’ को क्यारेक्टर मेरो नभए पनि भूमिका राम्रो छ । मैले जस्तो भूमिका खोजेको थिए यसमा त्यस्तै छ ।’ यस्तै, नव-नायिका शुभेच्छाले ‘रणवीर’ मा आफ्नो भूमिकाबाट प्रभावित भएको सुनाइन् । 
 
 
महेश पौडेलको छायांकन, हर्कुलस बस्नेत, सुशान्त गौतम र अमृत श्रेष्ठको संगीत, गम्भीर विष्ट र सुरेन बसेलको कोरियोग्राफी र चन्द्र पन्तको द्वन्द्व रहने यो फिल्म प्राची फिल्मस् र डि.आर. फिल्मस् प्रा.लि.को ब्यानरमा निर्माण हुन लागेको हो ।