मिति : २०८१ वैशाख १२, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘सुनकेसरी’ टीजर : हेर्नुहोस् ऋचाको हरर रुप

फिल्मीखबर, काठमाण्डौ, 2018/02/17
‘आधा लभ’ मार्फत फिल्म निर्माणमा पनि हात हालेकी नायिका ऋचा शर्मा निर्मित तथा अभिनित फिल्म ‘सुनकेसरी’ को टीजर सार्वजनिक भएको छ । टीजर निकै डरलाग्दो बनाइएको छ । नायिका ऋचाको रुपले त अझ सबैलाई चकित बनाउँछ । ‘सुनकेसरी’ हरर फिल्म हो । 
 
 
ऋचाले अष्ट्रेलियामा बस्दै आएका भीम न्यौपानेसँगको सहकार्यमा यो फिल्म निर्माण गरेकी हुन् । फिल्मका निर्देशक अर्पण थापा हुन् । ऋचा शर्मा, भीम न्यौपाने, रबिन्द्र झा लगायतका कलाकारहरुको फिल्ममा अभिनय छ । 
 
यो फिल्ममा अष्ट्रेलियन दरबार बुटिक होटलका पहिलो पाहुना र भुतप्रेतबीचको गतिविधीलाई मुख्य कथा बनाइएको हो । सम्पूर्ण छायांकन अष्ट्रेलियामा भएको यो फिल्मको बजेट २ करोड बताइएको छ । 
 
फिल्ममा शर्मिला सापकोटा र धर्मराज अधिकारी सह-निर्माताको रुपमा छन् भने कार्यकारी निर्माताको रुपमा मनोज अधिकारी र अर्पण थापा छन् । 
 
जेठ ११ गते प्रदर्शन हुने फिल्ममा कालीप्रसाद बाँस्कोटा र विजय अधिकारीको संगीत, रह शर्माको छायांकन र इयान स्कट क्लेमेन्टको सम्पादन रहेको छ ।
 
टीजर हेर्नुहोस् :-