मिति : २०८१ वैशाख १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

पुष्पलाई सफलताको तिर्खा !

फिल्मीखबर, काठमाण्डौ, 2018/02/17
म्यूजिक भिडियोमा राम्रै जमेका मोडल हुन् पुष्प खड्का । सय बढी भिडियोमा अभिनय गरिसकेका उनलाई पुराना निर्देशक तुलसी घिमिरेले ‘दर्पण छायाँ २’ मा लिड रोल दिएर ठूलो गुन लगाए । हुनत, यसभन्दा अगाडि उनले ‘अझैपनि’ नामक फिल्म गरेका थिए, त्यसमा उनको सहायक भूमिका थियो । 
 
भिडियोमा रुचाइएका अनुहार भए पनि ठूलो पर्दामा भने उनले आफ्नो जादू पस्कन सकेनन् । ‘अझैपनि’ र ‘दर्पण छायाँ २’ दुवै बक्सअफिसमा नराम्रोसँग चिप्लिए । न पुष्पको अभिनयको नै तारिफ भयो ।
 
लगालग दुई फिल्म फ्लप हुँदा मोडलबाट हिट अभिनेता बन्ने सपना मार्दै गर्दा उनलाई फिल्म ‘मंगलम’ अफर आयो । यो फिल्ममा उनको मुख्य भूमिका छ । 
 
 
फागुन २५ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको यो फिल्ममा अभिनेत्री शिल्पा पोख्रेल पनि प्रमुख भूमिकामा छिन् । शिल्पा हुने गरेका फिल्ममा हिरो छायाँमा पर्छन् । पुष्पलाई पनि अहिले यही डर छ  । जे जस्तो भएपनि ‘मंगलम’ ले करिअरलाई मंगल हुनेमा भने उनी आशावादी छन् ।
 
‘पर्ख पर्ख मायालु’ बोलको गीतले पनि फिल्म हिट हुने केही संकेत दिएको छ । सफलताका भोका पुष्पलाई ‘मंगलम’ हिट भएको खण्डमा अन्य ठूला फिल्मका लागि बाटो खुल्नेछ ।
 
उनले म्यूजिक भिडियोबाट धेरथोर क्रेज भने बनाएका छन् । तर, यसअघिका दुई फिल्ममा उनको अभिनयमाथि दर्शकले प्रश्न चिन्ह उठाएका थिए । आशा गरौँ- ‘मंगलम’ बाट पनि उनले यही हविगत बेहोर्ने छैनन् ।