मिति : २०८१ वैशाख १५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘ब्लाइन्ड रक्स’ ले हङकङ सेन्सरबाट पायो ‘यू’ प्रमाणपत्र

फिल्मीखबर, काठमाण्डौ, 2018/02/17
दृष्टिविहिन युवती सृष्टि केसीको जीवनमाथि बनेको बायोपिक फिल्म ‘ब्लाइन्ड रक्स’ ले हङकङ प्रदर्शनका लागि अनुमती पाएको छ । हङकङ सेन्सर बोर्डले फिल्मलाई ‘यूनिभर्सल सर्टिफिकेट’ दिएको छ । नेपाल अघि यो फिल्मको हङकङमा फागुन ६ गते प्रिमियर हुँदैछ । 
 
 
फिल्मलाई हङकङस्थित नेपाल चलचित्र एसोसिएसनले प्रदर्शन गर्न लागेको हो । अध्यक्ष राजु राईको संयोजकत्वमा स्थानिय युनलङ हलमा ‘ब्लाइन्ड रक्स’ प्रदर्शन हुनेछ । फिल्मको नेपाल रिलिज भने फागुन १८ गतेलाई तोकिएको छ । 
 
अभिनेत्री बेनिशा हमालले फिल्ममा सृष्टिको भूमिका निर्वाहा गरेकी छिन् । अर्पण थापा, गौरी मल्ल लगायतका कलाकारको पनि फिल्ममा मुख्य भूमिका छ । मिलन चाम्सले निर्देशन गरेको यो फिल्ममा निकेश लिम्बुको लगानी छ ।