मिति : २०८१ वैशाख ८, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

दीपिका-रणवीरसँग भंसाली गर्न चाहन्छन् अझै ३ फिल्म

एजेन्सी, मुम्बई, 2018/02/17
बलिउडका चर्चित निर्माता तथा निर्देशक सञ्जय लीला भंसाली ‘पद्मावत’ को सफलतापछि अझै तीन फिल्म फेरि अभिनेत्री दीपिका पादुकोण र अभिनेता रणवीर सिंहसँग गर्न चाहन्छन् । उनी चाँडै यी दुईसँग एकसाथ तीन फिल्मको 'डिल' गर्ने तयारीमा छन् । 
 
यसअघि नै भंसालीले यो कपलसँग तीन फिल्म गरिसकेका छन् । एशियन एजका अनुसार, सञ्जय लीला भंसालीलाई लाग्छ कि दीपिका र रणवीरमा अहिले निकै ट्यालेन्ट छ, जसको एक्सप्लोर गर्नु पर्छ । यसैकारण उनी यी दुई स्टारसँग एकसाथ ३ फिल्मको एक 'डिल' साइन गर्न चाहन्छन् । 
 
भंसालीले एएनआईसँगको एक अन्तर्वार्तामा भनेका छन्, ‘दीपिका निकै हार्डवर्किङ छिन् । उनी गाह्रो भन्दा गाह्रो भूमिका पनि सहजै गर्न सक्छिन् । मलाई उनीसँग काम गर्न निकै मज्जा आउँछ । अहिले त मेरो र दीपिकाको सफरको मात्र सुरुवात भएको हो ।’
 
 
‘पद्मावत’ हिट भएपछि यतिबेला दीपिका आफ्नो नयाँ प्रोजेक्टमा फोकस गरिरहेकी छिन् । उनी नयाँ फिल्ममा लेडी डनको भूमिकामा हुनेछिन् । नयाँ प्रोजेक्टमा दीपिका एक ग्याङस्टर सपना दीदीको भूमिकामा देखिनेछिन् । 
 
दीपिकाले एक अन्तर्वार्तामा भनेकी छन्, ‘सञ्जय लीला भंसालीको फिल्म ‘पद्मावत’ जस्तै यो फिल्म पनि वुमन सेन्ट्रिक हुनेछ । यो फिल्म हुसैन जायदीको पुस्तक ‘माफिया क्वीन अफ मुम्बई’ माथि आधारित छ । अहिले म यसैको वर्कशपमा व्यस्त छु ।’ 
 
फिल्मलाई विशाल भारद्वाजले निर्देशन गर्दैछन् । दोस्रो पटक इरफान खानसँग दीपिका काम गर्दैछिन् । यो फिल्मको केही प्रतिशत छायांकन नेपालमा पनि हुनेछ ।