मिति : २०८१ वैशाख १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(28 votes, avg 5.00/5.00)
Text size:-
+
-

दोस्रो हप्तामा ‘कृ’, रिलिज भयो ‘उकालीमा पछि-पछि’ गीत

फिल्मीखबर, काठमाण्डौ, 2018/02/16
आज शुक्रवारबाट दोस्रो हप्तामा प्रदर्शन आरम्भ गरेको यवा स्टार अनमोल केसी अभिनीत फिल्म ‘कृ’ को नयाँ गीत रिलिज भएको छ । पहिलो हप्ताबाट सफलतापूर्वक दोस्रो हप्तामा प्रदर्शन सुरु गरेको अवसरमा निर्माण यूनिटले फिल्मको ‘उकालीमा पछि-पछि’ बोलको गीत सार्वजनिक गरेको हो । 
 
 
अल्मोडा राना उप्रेतीको शब्द, संगीत र स्वर रहेको गीतमा अनमोल र नायिका अदिती बुढाथोकी फिचरिङ छन् । गीतमा अनमोल रिसाएकी अदितीलाई फकाइरहेको देख्न सकिन्छ । फिल्म हेर्ने दर्शकहरुले यो गीतलाई खुब रुचाएका थिए । 
 
गीतको कोरियोग्राफर बिक्रम लामा र एन्जेला खत्री हुन् । छायाँकार पुरुषोत्तम प्रधानले गीतमा नेपालका विभिन्न मनोरम प्राकृतिक दृश्यहरु कैद गरेका छन् । भिडियोमा अनमोल र अदितीको जोडी सुहाएको छ । 
 
प्रदर्शनको ६ दिनमा ५ करोड ग्रस विजनेश गरेको ‘कृ’ ले दोस्रो हप्तामा ७० बढी हल पाएको निर्माता सुवास गिरी बताउँछन् । उनका अनुसार, दोस्रो हप्ताबाट फिल्म गर्ने विजनेश अब मुनाफा हुनेछ । फिल्मका निर्देशक सुरेन्द्र पौडेल हुन् । 
 
सुवास इन्टरटेन्मेन्टको ब्यानरमा तयार भएको फिल्मको प्रस्तुतकर्ता द सुपर काजोल फिल्मस् हो । फिल्ममा सुवास गिरी र भूवन केसीको लगानी छ । कमल गिरी कार्यकारी निर्माता रहेको फिल्मका सह–निर्माता श्री पराजुली हुन् ।
 
‘कृ’ मा अनमोल र अदितीसँगै अनुप विक्रम शाही, कामेश्वर चौरासिया, सरोज खनाल, लक्ष्मी गिरी, रुपा राना लगायतका कलाकारको पनि मुख्य भूमिका छ ।
 
भिडियो :-