मिति : २०८१ वैशाख १२, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘अनुराग’ गीत रिलिज, सरोजसँग झुमिन् एलिजा

फिल्मीखबर, काठमाण्डौ, 2018/02/16
 
जेष्ठ ११ गतेलाई प्रदर्शन मिति कन्फर्म गरिएको पत्रकार ऋषि धमालकी मोडल श्रीमती एलिजा गौतमद्वारा निर्मित तथा अभिनीत फिल्म ‘अनुराग’ को पहिलो गीत सार्वजनिक भएको छ । 
 
‘कान्छा दाई’ बोलको क्लब सङमा ‘कार्टुन क्रु’ का सरोज अधिकारी र फिल्मकी लिड अभिनेत्री एलिजा फिचर्ड छन् । क्लबमा यी दुई मज्जैले झुमेका छन् । ताराप्रकाश लिम्बु र ममता गुरुङको स्वर रहेको गीतमा ताराको संगीत र ममताको शब्द छ । 
 
विक्रम स्वाँर गीतका कोरियोग्राफर हुन् । यो फिल्ममा एलिजाले नव-नायक समुन्द्र पण्डितसँग रोमान्स गरेकी छन् । फिल्मका निर्देशक सत्यराज चौलागाई हुन् । 
 
एलिजा फिल्मस् को ब्यानरमा निर्माण भएको ‘अनुराग’ सांगीतिक प्रेमकथामा आधारित छ । रामकुमार केसीले खिचेको फिल्ममा किरण दाहालको कथा छ । 
 
भरत गौतम र गीता भेटवाल फिल्मको निर्मातामा छन् । सत्यराज चौलागाईं र आगत केसीको पटकथा तथा संवाद रहेको फिल्मका प्रस्तुतकर्ता ऋषिराज धमला हुन् ।
 
‘अनुराग’ मा ठिलेंन लामा, सरोज खनाल, रुपा राना, राजाराम पौडेल, शिशिर राना, मोहन निरौला, विश्व बस्नेतलगायतका कलाकारहरुको पनि अभिनय छ । 
 
भिडियो :-