मिति : २०८१ वैशाख १२, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

श्रीकृष्णको परिवारले हेरे ‘कान्छी’, श्वेता भइन् स्तब्ध

फिल्मीखबर, काठमाण्डौ, 2018/02/16
शुक्रवारबाट देशैभर प्रदर्शनमा आएको यस वर्षको प्रतिक्षीत फिल्म ‘कान्छी’ हेर्न स्वर्गीय नायक श्रीकृष्ण श्रेष्ठका परिवार हल पुगेका छन् । अभिनेत्री श्वेता खड्कासँग सम्बन्ध विग्रिएको गाइँगुइँ हल्लाका बीच शुक्रवार राजधानीको बिग मुभिजमा आयोजित प्रेस शोमा श्रीकृष्णका सम्पूर्ण परिवार उपस्थित थिए । 
 
फिल्म हेरेपछि श्रीका दाई र दिदीहरुले आफ्नो बुहारीको अभिनय निकै राम्रो लागेको बताए । फिल्म हेर्ने अधिकांशले कथावस्तु र कलाकारको अभिनयलाई उत्कृष्ट भनेका छन् । 
 
 
चलचित्रकर्मीबाट पाएको प्रतिक्रिया सुनेपछि अभिनेत्री तथा निर्माता श्वेता खड्काले आँसु रोक्न सकिनन् । उनले बरिष्ठ नृत्य निर्देशक बसन्त कुमार श्रेष्ठलाई अंगालो मार्दै भक्कानिएर रोइन् ।
 
चारैतिर मिडिया भएका कारण आफूलाई सम्हाल्दै उनले भनिन्, ‘म रोएको होइन । मेरो कामलाई यति धेरै माया गर्दिनु भयो कि मैले आफूलाई सम्हाल्न नै सकिनँ । मैले आज शिव रेग्मी सरलाई धेरै सम्झिएकी छु । उहाँको निधन हुँदा म निकै दुखी भएकी थिएँ । मैले आज अर्को शिव रेग्मी सर पाएँ आकाश अधिकारी ।’ 
 
उनले अगाडि थपिन्, ‘श्री दादालाई पनि निकै सम्झिएँ । मैले उहाँको कामलाई निरन्तरता दिँदा उहाँका दर्शकको लेभल ब्रेक हुन्छ कि जस्तो लागेको थियो । आज उहाँ एकदम खुसी हुनुहुन्छ होला ।’ यस्तै, अभिनेता दयाहाङ राईले फिल्मबाट पाएको प्रतिक्रियाबाट आफू उत्साहित भएको सुनाए । 
 
 
फिल्मका प्रमुख कलाकारहरु प्रज्जवल सुजल गिरी, अशान्त शर्मा, विनोद न्यौपाने, तेश्रोलिङ्गी अभियान्ता भूमिका श्रेष्ठलगायतका कलाकारहरु पनि ‘कान्छी’ हेर्न हल पुगेका थिए । 
 
ग्रामीण भेगकी कान्छीको कथा बोल्ने फिल्ममा पुरुषोत्तम प्रधानको छायांकन छ । शैलेश खड्का निर्माता रहेको फिल्ममा रविन खड्का सह-निर्माताको रुपमा रहेका छन् ।