मिति : २०८१ वैशाख १३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(8 votes, avg 5.00/5.00)
Text size:-
+
-

निर्माताले दिए ‘कृ-२’ बन्ने संकेत

फिल्मीखबर, काठमाण्डौ, 2018/02/16
युवा स्टार अनमोल केसी अभिनीत फिल्म ‘कृ’ निर्माण अगावैदेखि प्रतिक्षीत थियो । २ वर्षपछि पर्दामा फर्किएका कारण पनि उनको यो फिल्मको प्रतिक्षा हरकोहीले गरेका थिए । अन्ततः गएको शुक्रवार फिल्म रिलिज भयो । मिश्रित प्रतिक्रिया पाइरहेको फिल्मले प्रदर्शनको ६ दिनमा ५ करोड ४४ लाख माथीको कलेक्सन गरिसकेको छ । 
 
अब फिल्मले गर्ने विजनेश निर्माताको मुनाफा हुनेछ । महिलामाथी हुने गरेको बलात्कारको कथा ‘कृ’ ले बोल्छ । फिल्मलाई कतिले राम्रो बोलेका छन् त कतिले झुरसम्म भनेका छन् ।
 
तर, निर्माण टिम भने दर्शकको उत्साहजनक साथ पाएको भन्दै सेलिब्रेशन मूडमा देखिएको छ । हुनत, निर्माताका लागि आफ्नो लगानी सुरक्षित हुनु भनेको ठूलै सफलता हात पर्नु हो । 
 
 
पछिल्लो समय नेपालमा हिट फिल्मको सिक्वेल निर्माण हुने क्रम गज्जबले फस्टाएको छ । के ‘कृ’ को पनि सिक्वेल बन्ला ? तपाईहरुको मनमा यो प्रश्न उब्जिएको छ भने निर्माता सुवास गिरीले यसको जवाफ दिएका छन् । उनले ‘कृ-२’ बन्न सक्ने संकेत दिएका छन् । 
 
बिहीवार फिल्मको ६ दिने कलेक्सन रिपोर्ट सार्वजनिक गर्दै उनले भने, ‘कृ’ को सिक्वेलको सम्भावना छ । हामीले स्क्रिप्ट तयार गर्दा नै यस विषयमा सोचेका थियौं ।’ 
 
उनले अगाडि भने, ‘यदी सिक्वेल बन्यो भने लण्डनमा एउटा ब्रिटिश आर्मीले गरेको संघर्ष र नेपाललाई परेको समस्याको कथामा हुनेछ ।’ 
 
निर्माता गिरी आफूलाई अनमोलसँग काम गर्ने धित नमरेको बताउँछन् । ‘कृ’ पछि अब उनी अर्का युवा स्टार प्रदीप खड्कालाई लिएर ‘भैरवी’ निर्माण गर्दैछन् । जसलाई दिनेश राउतले निर्देशन गर्नेछन् ।