मिति : २०८१ वैशाख ८, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(11 votes, avg 1.36/5.00)
Text size:-
+
-

हलमा लाग्यो ‘कान्छी’, कस्तो मिल्ला दर्शकको साथ ?

फिल्मीखबर, काठमाण्डौ, 2018/02/16
गएको शुक्रवारबाट प्रदर्शनमा आएको युवा स्टार अनमोल केसी अभिनीत फिल्म ‘कृ’ को वर्चश्वबीच आजबाट देशैभर फिल्म ‘कान्छी’ ले प्रदर्शन सुरु गरेको छ । ‘कृ’ ले दोस्रो हप्तामा ६० बढी हलमा कब्जा जमाए पनि ‘कान्छी’ ले झन्डै ६० कै आसपासमा पर्दा पाएको छ । फिल्मलाई मल्टिप्लेक्समा पनि राम्रो शो मिलेको छ । 
 
‘चरी चट्ट परि’ र ‘ए कान्छी’ गीतको लोकप्रियताले पनि ‘कान्छी’ ले दर्शकको राम्रो साथ पाउने छनक देखिएको छ । फिल्ममा अभिनेत्री श्वेता खड्का (कान्छी) र अभिनेता दयाहाङ राई (हिरा) को प्रमुख भूमिका छ । ‘कोहिनूर’ पछि श्वेताको यो कमब्याक फिल्म हो । फिल्मकी निर्मात्री उनी आफैं हुन् । 
 
 
रिलिज अगावै लगानी सुरक्षित भइसकेका कारण फिल्मको कलेक्सनले आफूलाई धेरै ठूलो अर्थ नराख्ने श्वेताको भनाई छ । उनी पहिला झैँ अहिले पनि दर्शकको साथ उतिक्कै मिल्नेमा विश्वस्त छिन् । उनी फिल्म ‘कान्छी’ स्वर्गीय श्रीमान तथा अभिनेता श्रीकृष्ण श्रेष्ठको सम्मानका लागि निर्माण गरेको बताउँछिन् । 
 
फिल्मलाई आकाश अधिकारीले निर्देशन गरेका हुन् । ग्रामीण भेगकी कान्छीको कथा बोल्ने फिल्ममा पुरुषोत्तम प्रधानको छायांकन छ ।
 
यो फिल्ममा अनु शाह, प्रज्जवल सुजल गिरी र तेश्रोलिङ्गी अभियान्ता भूमिका श्रेष्ठको पनि अभिनय छ । शैलेश खड्का निर्माता रहेको फिल्ममा रविन खड्का सह-निर्माताको रुपमा रहेका छन् ।