मिति : २०८१ वैशाख १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘कान्छी’ गीत : दयाको साथ पाएपछि श्वेताको मन रमायो

फिल्मीखबर, काठमाण्डौ, 2018/02/15
रिलिजको अघिल्लो दिन फिल्म ‘कान्छी’ को रोमान्टिक गीत सार्वजनिक भएको छ । ‘यो मन रमाउँदै’ बोलको ओएसटी गीतमा अभिनेत्री तथा निर्मात्री श्वेता खड्का र अभिनेता दयाहाङ राई एकअर्काको साथ पाएपछि मन रमाउन थालेको कुरा गर्दैछन् । 
 
गीतमा अञ्जु पन्त र युवराज चौलागाईँले स्वर दिएका छन् । दीवाकर भट्टराईको शब्द रहेको गीतमा अर्जुन पोखरेलले मिठो संगीत भरेका छन् । भोली शुक्रवारबाट झण्डै ७० बढी पर्दामा लाग्ने ‘कान्छी’ लाई आकाश अधिकारीले निर्देशन गरेका हुन् । 
 
 
बिहीवार सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै अभिनेत्री श्वेताले दर्शकले अपेक्षा गरे अनुसार नै ‘कान्छी’ बनेको बताइन् । उनले भने, ‘दर्शकलाई ‘कान्छी’ ले निराश बनाउने छैन । हामीले मिहिनेत गर्न कञ्जुस गरेको छैनौं । कथावस्तु मनछुने छ ।’
 
यस्तै, अभिनेता दयाहाङले ‘कान्छी’ फरक कथावस्तुमा निर्माण नभएपनि प्रस्तुती विल्कुलै नयाँ रहेको बताए । 
 
फिल्मको मल्टिप्लेक्समा बुकिङ खुल्ला भइसकेको छ । ग्रामीण भेगकी कान्छीको कथा बोल्ने फिल्ममा पुरुषोत्तम प्रधानको छायांकन छ ।
 
यो फिल्ममा अनु शाह, प्रज्जवल सुजल गिरी र तेश्रोलिङ्गी अभियान्ता भूमिका श्रेष्ठको पनि अभिनय छ । शैलेश खड्का निर्माता रहेको फिल्ममा रविन खड्का सह-निर्माताको रुपमा रहेका छन् । 
 
भिडियो :-