मिति : २०८१ वैशाख १५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 1.50/5.00)
Text size:-
+
-

‘लम्फू’ पोष्टरमा सलोनदेखि तरकारीवालीसम्म !

फिल्मीखबर, काठमाण्डौ, 2018/02/15
वर्ष २०७५ बैशाख २८ गतेबाट देशैभर प्रदर्शनमा आउन लागेको फिल्म ‘लम्फू’ का तीन पोष्टर एकसाथ सार्वजनिक भएका छन् । पोष्टरहरु फरक-फरक प्रकृतीका छन् । तीनवटै पोष्टरमा नव-नायक कबिर खड्का फिचर्ड छन् । 
 
पोष्टरमा ‘तरकारीवाली’ को नामले भाईरल बनेकी कुशुम श्रेष्ठ पनि अटाएकी छिन् । कुशुमले हातमा सेतो गुलाबको फुल लिएकी छन् । उनिसँगै नायिकाद्वय मरिस्का पोखरेल र चाँदनी शर्मा सँगै अभिनेता सलोन बस्नेत पोष्टरमा देखिन्छन् । 
 
 
पोष्टरमा कबिर र मरिस्काको रोमान्टिक अवतार पनि देख्न सकिन्छ । ‘लम्फू’ का पोष्टरहरु टौवा क्रियशनले तयार पारेको हो । गोपालचन्द्र लामिछाने निर्देशित फिल्मले एक युवाको जीवनमा आईपर्ने अकल्पनिय घटनाहरु प्रस्तुत गर्छ ।
 
यो फिल्म समय र परिस्थितिले मानिसलाई नायक र खलनायक दुबै बनाउँछ भन्ने कथामा बनेको निर्देशक लामिछानेले बताए ।
 
यसअघि अर्जुन पोखरेलको संगीत रहेका यो फिल्मका चार गीत अडियो भर्सनमा एकसाथ सार्वजनिक भएका थिए । सार्वजनिक सबै गीतलाई सकारात्मक प्रतिक्रिया प्राप्त भएको संगीतकार पोखरेलले बताए । अब छिट्टै 'सँगै जिउने सँगै मर्ने' बोलको गीतको भिडियो सार्वजनिक गर्ने तयारीमा निर्माण टिम जुटेको छ । 
 
‘लम्फू’ लाई पपुलर मल्टिमिडियाको लागि शक्तिबल्दब घोरासैनीले बनाएका हुन् । फिल्ममा भूपतिको लेखन रहेको छ । दिपक बज्राचार्यको छायांकन रहेको ‘लम्फू’ मा सम्पादन हरि सिलवालको रहेको छ ।